Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बालिकालाई जबरजस्ती गर्ने खोटाङका पुरी पक्राउ

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक १४ २०८०
बालिकालाई जबरजस्ती  गर्ने खोटाङका पुरी पक्राउ

खोटाङमा बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल तालखर्कका २१ वर्षीय प्रकाश पुरी छन् ।

पुरीले ११ कार्तिकमा तालखर्कमै सानिआमा नाता पर्नेको घरमा आई बसेकी ९ वर्षीया बालिकालाई घरमा अभिभावकहरु नभएको अवस्थामा जबर्जस्ती करणी प्रयास गरेको भनि अस्थाई प्रहरी चौैकी तालखर्कमा जानकारी आएको थियो ।

प्रहरीमा जानकारी आउनसाथ तालखर्कबाट प्रहरी टोली खटि पुरीलाई सोही दिन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले बताए ।

पुरीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रनाउ खड्काले जानकारी दिए ।

रोधिक खबरबाट

Last updated:2023 Oct 31 Tuesday 03:34:59

प्रतिक्रिया
सम्बन्धित समाचार