Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अर्बुद रोग निवारण संस्थाद्धारा शुभकामना आदनप्रदान

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १ २०८०
अर्बुद रोग निवारण संस्थाद्धारा शुभकामना आदनप्रदान

शौरब मगर
उदयपुर, कात्तिक १ ।
नेपाल अबुर्द रोग निवारण संस्थाको आयोजनामा २०८० सालको बडा दसैं तथा शुभ दिपावली, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला अस्पताल उदयपुरको सभाहलमा बुधबार आयोजित चियापान कार्यक्रममा संस्थाका अध्यक्ष लेखबहादुर श्रेष्ठ, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोख्रेललगायतको उपस्थिती थियो ।
त्यस्तै अर्बुद रोग निवारण संस्थाका पूर्व केन्द्रिय सदस्य निगमकुमार कोइराला त्रियुगा उद्योग वाणिजय संघका अध्यक्ष रमेश बिश्वकर्मा, जिल्ला अस्पतालका मेसु डाक्टर ज्ञानेन्द्र झा, नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष भगवती खतिवडा, संस्थाका सचिव सुमन परियारलगायत पनि कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार