Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा दुई जनाको हत्यामा संलग्न तीन पक्राउ

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १ २०८०
उदयपुरमा दुई जनाको हत्यामा संलग्न तीन पक्राउ

उपहार न्यूज
उदयपुर कात्तिक १
उदयपुर प्रहरीले जिल्लाको त्रियुगा नगरपालिका ७ सुक्लाई र त्रियुगा नगरपालिका ५ श्रीपुरमा हत्यामा संलग्नलाई पक्राउ गरेको छ । प्रहरीले गत श्रावण ११ गते उदयपुरको त्रियुगा नगरपालिका ७ सुक्लाईमा स्थानिय रमेश कुमार सार्कीलाई चिरपट प्रहार गरी हत्यामा संलग्न स्थानिय चन्द्र कुमार सार्की र तेज बहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हत्यामा संलग्न चन्द्र र तेज बहादुर बावु छोरा हुन् प्रहरीका अनुसार चन्द्र कुमार सार्कीलाई चिरपट प्रहार गर्नका लागि रमेशलाई आदेश दिएका थिए ।
चिरपट प्रहरा गर्न लगाउने चन्द्र बहादुरलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेर कारवाहिको दायरमा ल्याएको थियो चिरपट प्रहार पछि घाईते भएका रमेश कुमार सार्कीको श्रावण १५ गते मुत्यु भएको थियो । चिरपट प्रहारबाट रमेशको मृत्यु भए पछि कर्तव्य ज्यान मुद्धमा परिणत भएको उक्त मुद्धाका अर्का प्रतिवादीलाई प्रहरीले तेज बहादुर सार्कीलाई प्रहरीले असोज ३० गते गाउँघरमानै लुकिछिपि बसेको अबस्थामा पक्राउ गरेको थियो । उनीहरु माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनु भयो । यता उदयपुरमा बुधबार राती सुतिरहेकै ठाउँमा कुकर प्रहार गरी आफ्नै श्रीमतिको हत्या गर्ने पुरुष भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । बुधबार उदयपुर प्रहरीले पत्रकार सम्मेलन गर्दै घटना घटाएर भारततर्फ भाग्दै गरेका सन्तोष भनिने पिटर राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर– ७, नागबेलीका घर भएका ३१ वर्षीय पिटरले श्रीमतीलाई सुतिरहेको अवस्थामा प्रेसर कुकर प्रहार गरेका थिए । कुकर प्रहारबाट टाउकाको दुवै भाग फुटिसकेको श्रीमति २८ वर्षीया छविमाया राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याएलगत्तै ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर– ५ श्रीपुरमा मृतक श्रीमति छविमाया र हत्यामा संलग्न श्रीमान पिटर पाहुनाको रुपमा दिदीको घरमा आएका थिए । बेलुकाको खाना खाएर सुत्न कोठाभित्र पसेका पिटरले एक्कासी साढे ८ः०० बजेतिर कुकर प्रहार गरेको आवास सुनिएको स्थानीयले बताएका छन् । मृतकसँगै सुतेकी दिदीले केही बज्रिएको जस्तो आवाज सुनेपछि झस्कीएर उठ्दा बहिनीको टाउकोमाथि ज्वाईले कुकर प्रहार गर्दै गरेको दृष्य देखेको सुनाईन् । ज्वाईको कुटाईबाट बहिनी जोगाउन खोज्दा आफूलाई समेत प्रहार भएको मृतककी दिदीले बताइन् ।
प्रहरीले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार मृतक र हत्या आरोपित श्रीमानबीच बिगत तीन वर्षदेखि सम्बन्धमा खटपट देखिएको छ । तर के विषयमा पारिवारिक झगडा हुने गरेको थियो भन्ने बारे प्रहरीले जानकारी गराएको छैन । ‘तीन वर्षदेखि श्रीमान् श्रीमतिबीच दरार देखियो’ उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले भने, ‘सोही वर्षौ पुरानो रिसीबीकै कारण उनले योजनाबद्ध रुपमा श्रीमतिको ज्यान लिएको देखिन्छ ।’
प्रहरीले घटनास्थलबाट एक थान भड्डु भाडा र कुकर बरामद गरेको छ । घटनाबारे जानकारी पाएलगतै परिचालन भएको प्रहरीले झण्डै तीन घण्टाभित्रै संलग्न पक्राउ गर्न सफल भएको एसपी थापाको भनाई छ । पिटरबिरुद्ध अनुसन्धान गर्नका लागि जिल्ला अदालत उदयपुरबाट म्यादसमेत थप भइसकेको छ । मृतक छविमायाका दुई नाबालक छोरा छन् । आमाको हत्यासँगै बाबु प्रहरी फन्दामा परेपछि कोठा भाडामा बस्दै आएका ति दुई बालक अभिभावक बिहीन बनेका छन् ।

Last updated:2023 Oct 18 Wednesday 10:12:22

प्रतिक्रिया
सम्बन्धित समाचार