उपहार न्युज
भोजपुर, भाद्र १५ । साँझ अलैची गोडेर घर फर्कने क्रममा पहिरोले किचेर भोजपुर साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङका बर्ष ५९ का मानबहादुर विष्टको मृत्यु भएको छ । शनिबार अलैची गोडेर आफ्नो घर तर्फ आउने क्रमा उक्त घटना हुन गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मृतक विष्टको पहिरोले किच्दा हात, खुट्टा र टाउकोमा चोट लागेर घाइते भएको प्रहरी जानकारी दिनुभएको छ । दुर्गम स्थल रहेकोले दोभानेबाट स्वास्थ्यकर्मीको पठाउने तयार गर्दा गदै विष्टको घरमा पु¥याए लगतै राती ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक नरबहादुर सलामी मगरले बताए । उनका अनुसार मगरले भने‘ शनिबार साँझ पहिरो परेर उहाँ घाइते हुनु भएको थियो, त्यो ठाउँ क्षति ग्रस्त रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यकर्मी पठाउने तयारी गर्दा गर्दै मृत्यु भएको जानकारी आएको छ।’
उक्त पहिरोमा परि भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते अवस्था छन् । मृतक विष्टको सवलाई पोष्टमार्टमको लागि संखुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ ।