Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा ६८ औ प्रहरी दिवश यसरी मनाईयो (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • मंगलबार, असोज ३० २०८०
उदयपुरमा ६८ औ प्रहरी दिवश यसरी मनाईयो (फोटो फिचर सहित)

एक्सप्रेस संबददाता
उदयपुर असोज २९
नेपाल प्रहरीको स्थापनाको ६८ औ बर्ष पुरा भएको अबसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा पनि प्रहरी दिवश मनाईएको छ । २०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले २०५२ साल देखि निरन्तर रुपमा प्रहरी दिवश मनाउदै आएको हो ।
यसै क्रममा उदयपुरमा पनि प्रहरी दिवशको अबसरमा श्रद्धान्जली सभा तथा सम्मान कार्यक्रम गरि प्रहरी दिवश मनाईएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा आयोजित प्रहरी दिवशमा अमर प्रहरी परिवार, पूर्व प्रहरी,जिल्लामा कार्यरत उत्कृष्ट प्रहरी, प्रहरी दिवशको अबसरमा आयोजित विभिन्न प्रतियोगीताका बिजयीहरुलाई पुरस्कृत गर्दै प्रहरी दिवश मनाईएको हो ।
दिवशको उद्घाटन शत्रमा जिल्ला न्यायधिश नवराज दुलालले अमर प्रहरी स्मारकमा माल्र्यापण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । दिशको अबसर पारेर जिल्ला प्रहरी कार्यालय उदयपुरले २४ जना प्रहरी कर्मचारीहरुलाई पुस्कृत गरेको छ ।
पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरी, कटारी इप्रका प्रमुख प्रनाउ सुभाष राई, प्रहरी बरिष्ठ नायव निरिक्षक नारायाण कुमार योगी, प्रहरी नायव निरिक्षक गंगाराम राई, बबलु कुमार ठाकुर, प्रहरी साहयक निरिक्षक राजेन्द्र तिमल्सिना, जितु नारायण चौधरी, रेवत कुमार थापा, प्रहरी बरिष्ठ हवल्दार चोलिन्द्र थााि, प्रहरी हवल्दार नगेद्र बोगटि, अम्बिका कार्की, श्याम सुन्दर चौधरी, विनोद खड्का, प्रहरी सहायक हवल्दार सन्देश तामाङ, दुर्गानन्द रसैली, प्रमोद निरौला प्रहरी जवान भुवन कुमारी मिश्र, उदय थापा, काशीराम राई, बबिन्द्र थापामगर, मनिका राई र कार्यालय सहयोगी टिकामाया नेपाल पुरस्कृत भएका छन् । यता जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी दिवशको अबसरमा आयोजना गरेको खुल्ला व्याडमिन्टन प्रतियोगीताका बिजयीहरुलाई समेत पुरस्कृत गरेको छ । व्याडमिन्टनको ए डिभिजन तर्फ प्रथम स्थान हासिल गर्ने विनय चौधरी र इन्द्र बहादुर राई द्धितिय स्थान हासिल गर्ने सन्तोष कटुवाल र केनिस मगर तथा तृतिय स्थान हासिल गर्ने हिमाल श्रेष्ठ र बसन्त कटुवाल तथा जेनिस मगर र सोसन पौडेल पुरस्कृत भएका छन् । त्यसैगरी बि डिभिजन तर्फ प्रथम स्थान हासिल गर्ने सरोज तामाङ र सुनिल मगर, द्धितिय स्थान हासिल गर्ने खड्ग बहादुर भुजेल र मिन बहादुर खड्का तथा तृतीय स्थान हासिल गर्ने लिल बहादुर पुलामी र रोजी राई तथा सुजल चौधरी र देवी राई पुरस्कृत भएका छन् । त्यसैगरी भेट्रान्स तर्फ प्रथम हुने दिपक राई र बल बहादुर कार्की, द्धितिय स्थान हासिल गर्ने गोविन्द थापा र माननीय जिल्ला न्यायधिश नवराज दुलाल तथा तृतिय स्थान हासिल गर्ने प्रहरी उपरिक्षक रमेश थापा र प्रहरी निरिक्षक रोशन थापा तथा लिला पौडेल र भरत मगरलाई पुरस्कृत गरिएको थियो । यता जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगीतामा प्रथम हुने राष्ट्रिय मावि वगाहका कक्षा १० का विद्यार्थी अनमोल ढुंगाना,द्धितिय हुने जनता मावि लक्ष्मीपुर पोर्ताहाका कक्षा १२ का बम बहादुर विक र तृतिय हुने पुमा स्कुल बेल्टारका कक्षा १० का पुजा राईलाई पुरस्कृत गरिएको थियो ।
पुरस्कृत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायधिश नवराज दुलाल, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक रमेश थापा, कटारी नगरपालिका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, बेलका नगरपालिका प्रमुख असोक कार्की, चौदण्डिगढि नगरप्रमुख कालुमान लामा, रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र आलेमगर, ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, उदयपुरगढि गाउँपालिका उपाध्यक्ष जित बहादुर खड्काले पुरस्कृत तथा सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिश नवराज दुलाल, वेलका नगरपालिका प्रमुख असोक कार्की, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, पूर्व प्रहरी संगठनका अध्यक्ष डोरनाथ ढकाल र अमर प्रहरी परिवार कल्पना ढकालले शुभकामना मनतव्य राख्नु भएको थियो । यसै विच जिल्ला प्रहरी कार्यालय उदयपुरकै परिसरमा प्रहरी दिवशको अबसर पारेर अमर प्रहरी स्मारक उद्यानको समेत उद्घाटन गरिएको छ । सो स्थानमा अमर प्रहरीका परिवारहरुले आफ्ना दिवंगत परिवारको स्मृतिमा वृक्ष्यारोपण गरेका छन् ।

Last updated:2023 Oct 17 Tuesday 10:57:38

प्रतिक्रिया
सम्बन्धित समाचार