Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कर्मचारी आन्दोलन गाउँ नगर ठप्प (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • बिहिबार, असोज २५ २०८०
कर्मचारी आन्दोलन गाउँ नगर ठप्प (फोटो फिचर सहित)

उपहार न्यूज
उदयपुर असोज २५
विभिन्न माग राख्दै स्थानिय तहमा कार्यरत कर्मचारीहरुले गरेको आन्दोलनको कारण उदयपुर जिल्लाका स्थानिय तहहरु पनि प्रभावित भएका छन् । संघिय निजामती सेवा ऐनमा स्थानिय तहमा कार्यरत कर्मचारीहरुको माग तत्काल समावेश गरी ऐन जारी गर्न माग राख्दै ११ दिन देखि काठमाण्डौमा कर्मचारीहरु आन्दोलित छन् । यसै क्रममा देशभरका स्थानिय तहहरुमा समेत कर्मचारीहरुले आन्दोलन संगै कामकाज ठप्प पारेका छन् ।
उदयपुरका पनि आठ वटै स्थानिय तहका कर्मचारीहरुले आफ्ना विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डिगढी नगरपालिका, बेलका नगरपालिका, कटारी नगरपालिका तथा रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढीमा कर्मचारीहरु आन्दोलित भएका छन् । संघिय निजामती सेवा ऐनको सट्टा एकिकृत कर्मचारी निजामती सेवा ऐन जारी गरिनु पर्ने, स्थानिय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानिय सेवाकोनै रहनु पर्ने, निजामतीको परिभाषा भित्र स्थानिय तहका कर्मचारीलाई समेत समावेश गरिनु पर्ने लगायतका मागहरु राख्दै कर्मचारीहरु आन्दोलनमा रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रित बहादुर राउतले जानकारी दिनु भयो ।
आफ्ना मागहरु शान्तपूर्ण तरिकाले राखिएको र माग पुरा नभए सम्म केन्द्रको निर्देशन अनुसार अनिश्चितकालिन आन्दोलन जारी राख्ने नेपाल निजामती कर्मचारी युनियन उदयपुरका अध्यक्ष भगवती खतिवडाले बताउनु भयो । कर्मचारी आन्दोलनको प्रभाव नगरपालिका संगै गाउँपालिकामा पनि परेको छ, कर्मचारीको आन्दोलनको राजधानीमा भएको आन्दोलन र पालिका पालिकामा भएको आन्दोलनमा साथीहरु बाडिएर सहभागी भएका छौ लिम्चुङगाउँपालिकाका लेखापाल विवेक आचार्यले उपहार संग बताउनु भयो । कर्मचारी आन्दोलनको कारण अत्यावसेक बाहेकका सेवाहरु ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीहरुको उदयपुरमा भने चार दिन यता निरन्तर आन्दोलनमा रहेका छन् ।

 

Last updated:2023 Oct 12 Thursday 10:28:15

प्रतिक्रिया
सम्बन्धित समाचार