उदयपुर, असोज २४ ।
चाँडबाड नजिकिएसँगै उदयपुरमा ट्राफिक प्रहरीले सवारीसाधनहरुको निगरानीलाई कडा पारेको छ । जिल्लास्थित मुख्य सडकहरुमा अत्यधिक तीब्र गतिमा सवारीसाधन चलाउने चालकहरुलाई लक्षित गरी राडर मेसिनबाट निगरानी थालिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार खासगरी अहिले मदन भण्डारी राजमार्गको व्यस्त सडकमा राडर प्रयोग गरी चालकको निगरानी कार्य भइरहेको छ । बुधबार गाईघाट-बेल्टार सडकमा गरिएको चेकिङको क्रममा बिभिन्न १० जना सवारी चालक कारवाहीमा परेका थिए ।
उनीहरुको साथबाट १० हजार राजस्व समेत संकलन भएको छ । ट्राफिक प्रहरीका अनुसार यात्रुवाहक बस दुई वटा, एक वटा जिपबाहेक अन्य सबै मोटरसाईकल चालक कारवाहीमा परेका हुन् ।
