Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नवदेवी सम्मानको भगवती अवार्ड अधिकारकर्मी नजबुल खानलाई

  • उपहार न्यूज
  • सोमबार, असोज २२ २०८०
नवदेवी सम्मानको भगवती अवार्ड अधिकारकर्मी नजबुल खानलाई

उपहार न्यूज
उदयपुर असोज २२
इटहरीमा आयोजित नवदेवी सम्मान २०८० को भगवती अवार्डबाट उदयपुरका अधिकारकर्मी नजबुल खान निलम सम्मानित भएकी छिन् । महिला शिप विकास केन्द्र इटहरीले आयोजना गर्दै आएको नवदेवी सम्मान अन्तर्गत भगवती अवार्डबाट महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता नजबुल खान निलमले अवार्ड प्राप्त गर्नु भएको हो ।


मुस्लीम महिलाहरुको अधिकारको लागि संघर्षशिल निडर अगुवा महिला अधिकारकर्मीको रुपमा परिचित नजबुल खान नेपालकै पहिलो मुस्लीम महिला टेम्पोचालक समेत हुनुहुन्छ । मुस्लीम महिलाहरुलाई पनि समाजमा अन्य महिलाहरुलाई सरह हक स्थापित गर्नका लागि संघर्षरत खानलाई इटहरीमा दुई दिन अघि आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
महिला अधिकारकर्मी नजबुल खान संगै प्रदेश नम्बर १ मा विभिन्न विधामा अब्बल ९ जना नारीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा अन्नपूर्ण सम्मानबाट रीना घिमिरे लामा, भवानी सम्मानबाट कुन्ति गुरुङ, दुर्गा सम्मानबाट कृष्ण अधिकारी, करुणा सम्मानबाट सुभद्रा प्याकुरेल, लक्ष्मी सम्मानबाट सीता श्रेष्ठ, महामाया सम्मानबाट गंगा गौतम, सरस्वती सम्मानबाट बालिका खड्का र शक्ति सम्मानबाट बल बहदुर र झरना न्यौपाने दम्पतीलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका परिकल्पनाकार सृजना योन्जन, नारी मासिक पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी र महिला शिप विकास केन्द्रका अध्यक्ष राधिका कार्कीले सम्मान गर्नु भएको थियो ।

Last updated:2023 Oct 09 Monday 07:32:50

प्रतिक्रिया
सम्बन्धित समाचार