उपहार न्यूज
उदयपुर असोज १८
जिल्ला प्रहरी कार्यालय उदयपुरले भन्सार छलि ल्याएको चिनि र सख्खर नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ गाईघाट स्थित रामजानकी पार्टी प्यालेस अगाडि रहेको स १ ज १४७८ नम्बरको पिकअप गाडिबाट उक्त सामाग्री पक्राउ गरेको हो । त्रिनपा ११ का रंजित चौधरीले भन्सार छलि ल्याएको करिब एक लाख तेइस हजार सात सय पचास रुपैया बराबरको ३३ केजी चिनि र ५ सय रुपैया बराबरको १० केजी सख्खर पिकअप भ्यान सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिनु भयो । प्रहरी नियन्त्रणमा लिईएको उक्त सामाग्री आवश्यक अनुसन्धान पश्चात सवारी साधन र सवारी चालक सहित कारवाहिको लागि सेतुबन्दु भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईको सूचना अधिकारी चौधरीले जानकारी दिनु भयो ।