उपहार न्यूज
उदयपुर असोज १७
विवादका कारण तीन बर्ष देखि जिल्ला प्रशासन कार्यालय उदयपुरमा नविकरण नभएको त्रियुगा उद्योग वाणिज्य संघ अन्तत नविकरण भएको छ । विगतको आन्तरिक विवाद तथा मुद्धाको कारण जिल्ला प्रशासन कार्यालय उदयपुरले संस्था नविकरण गरेको थिएन ।
त्रियुगा उद्योग वाणिज्य संघको पछिल्लो पटक सम्पन्न अधिवेशनले रमेश विश्वकर्मा अध्यक्ष सहितको समितिले आधिकारिता पाएको तथा उच्च अदालत विराटनगरमा विचाराधिन रहेको मुद्धाका प्रशासनमा संस्था नविकरण हुन सकेको थिएन ।
यता पटक पटक जिल्ला प्रशासनमा संस्था नविकरणको प्रयास पछि बुधबार नविकरण भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय उदयपुर मुद्धा शाखाले उद्योग वाणिज्य संघले संस्था नविकरणको लागि लेखेको पत्र तथा उच्च अदालत विराटनगरमा विचाराधिन रहेको सम्पूर्ण मुद्धाका फैसलाको पूर्ण पाठको अध्ययान पश्चात संस्थाको आर्थिक विवादका सम्बन्धमा पछि छानविन गरी दोषी उपर कारवाही गर्ने गरी हाललाई संस्थाको नियमित कामकारवाहि सुचारु गर्न नियमानुसारको कागजात उपलब्ध गराई संस्था नविकरण गर्ने पत्र बुधबार त्रियुगा उद्योग वाणिज्य संघलाई पठाएको थियो ।
संस्थाले पनि जिल्ला प्रशासन कार्यालयमा संस्था नविकरण गर्नका लागि आवश्यक कागजातहरु जुटाएर बुधबार निवेदन दिएको थियो । प्रशासनले माग गरे बमोजिमको आवश्यक कागजातहरु प्राप्त भए पछि संस्था नविकरण गरेको हो ।
त्रियुगा उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कार्यालयमा आर्थिक बर्ष २०७८/०७९ देखि नविकरण हुन सकेको थिएन । संस्था नविकरण नहुदा बैंक खाता समेत रोक्का हुदाँ संस्थाले आफ्नो नियमित कार्यलय संचालन तथा अन्य कार्यक्रमहरु संचालन गर्नका लागि समस्या भोग्दै आएको कार्यालय सचिव संजिब श्रेष्ठले बताए ।
संस्था नविकरण भए पछि अब त्रियुगा उद्योग वाणिज्य संघले आफ्नो नियमित कार्यक्रम संगै आफ्ना साधरण सदस्यको हकहितको लागि कामहरु निरन्तर संचालन गर्ने अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनु भयो । त्रियुगा उद्योग वाणिज्य संघले संस्था नविकरण नभए पनि आफ्ना सदस्यहरुको हकहित तथा विभिन्न सामाजिक कामहरु भने संचालन गर्दै आएको थियो ।