शौरब मगर-
उदयपुर, असोज १६ ।
उदयपुरको बरुवा क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इकाई कमिटिले नयाँ नेतृत्व पाएको छ । नेकपा एमाले निकट सो विद्यार्थी संगठनको क्याम्पस इकाई अध्यक्षमा नारायण भट्टराईलाई चयन गरेको हो ।
त्यस्तै समितिको उपाध्यक्षमा सन्तोष घिमिरे, सचिव अभिषेक थापामगर, सहसचिवद्धय नवराज चाम्लीङ राई र रोहिता योगी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी भने भावना श्रेष्ठले पाएकी छन् । अन्य सदस्यहरुमा प्रेमकुमार राई, सारिका चौधरी, सन्दीप साह, समीक्षा पोखरेल, विश्वराज राई, धबिन्द्रराज निरौला, चमेली राई, खुसी कार्की, सम्झना खत्रि रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा अल्का कार्की ढोली, प्रज्वल पाण्डे, सपना मगर, सीमा पोखरेल, प्रसंसा खड्का, सुनिल घिमिरे, महिमा सुब्बा, रोहन दाहाल, निशा राई, सुस्मीता मगर, भावना खड्का, मिना दुलाल, सन्तोष खड्का, प्रतिक्षा आचार्य, सुनिता खड्का, अनिषा तिम्सीना र निशा कार्की रहेका छन् ।
कार्यक्रममा अनेरास्ववियुका कोश् िप्रदेश सहसचिव प्रवेश ठकुरी, जिल्ला संयोजक सन्तोष काफ्ले, सहसंयोजक सिंह राईलगायतको उपस्थिती रहेको थियो ।