Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

लागुऔषध सहित दुई दिनमा पाँच युवा पक्राउ

  • उपहार न्यूज
  • मंगलबार, असोज १६ २०८०
लागुऔषध सहित दुई दिनमा पाँच युवा पक्राउ

उपहार न्यूज
उदयपुर असोज १७
जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध सहित दुई दिनको अबधिमा ५ जना युवाहरुलाई उदयपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीले आईतबार लागुऔषध सहित दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुरको बेलका नगरपालिका १ अस्थायी प्रहरी बिट आम्बासीमा सप्तरी जिल्लाको फत्तेपुरबाट पैदल यात्रामा आउदै गरेका चौदण्डिगढि नगरपालिका ४ सिद्धिपुरका १९ बर्षिय दिपेन राई र चौनपा ६ का २६ बर्षिय अनिल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरु संग संका लागि चेकजाँच गर्ने क्रममा दिपने राईको साथबाट प्रतिबन्धित लागुऔषध प्रोमेथाजिन १ एम्पुल, लिजेसिक २ एम्पुल, फेनेर्गन १ एम्पुल, नाईट्रोसन ७ ट्याबलेट सहित दुबै जनालाई लागु औषध सहित ईप्रका रामपुर ठोक्सिला उदयपुरमा ल्याई मंगलबार उदयपुर जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप भई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले बताउनु भयो ।
यसै बिच प्रतिबन्धित औषधी सहित ३ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ सोमबार त्रियुगा नगरपालिका वडा नं. ०६, पटेर्वा स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको गस्ति टोलिले पैदल हिड्दै आईरेहेका त्रिनपा ५ का २० बर्षिय सुबिन राई, २२ बर्षिय बिष्णु बहादुर श्रेष्ठ र २० बर्षिय अनिल राईलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिष्णु बहादुर श्रेष्ठको साथबाट एपिडोल ८० ट्याब्लेट, स्पासपेन १०० ट्याव्लेट र अनिल राईको साथबाट एपिडोल ६९ ट्याब्लेट , स्पासपेन ५० ट्याव्लेट चेकजाँच गर्ने क्रममा बरामद गरेको थियो । उनीहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तस्बीर ः गुगलबाट साभार

Last updated:2023 Oct 03 Tuesday 13:06:49

प्रतिक्रिया
सम्बन्धित समाचार