Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

माओवादी अभियानमा २०० जनालाई स्वास्थ्य सेवा

  • उपहार न्यूज
  • मंगलबार, असोज १६ २०८०
माओवादी अभियानमा २०० जनालाई स्वास्थ्य सेवा

उपहार न्यूज
उदयपुर असोज १७
नेकपा माओवादी केन्द्रले संचालन गरेको घर घरमा माओवादी जनजनमा माओवादी अभियान अन्तर्गत उदयपुर जिल्लाका विभिन्न स्थानमा कार्यक्रमले तिब्रता पाएको छ । माओवादीले वडा वडामा आफ्ना विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै यतिवेला जनताको घरदैलोमा पुगेको छ ।
यसै क्रममा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रले अभियानको क्रममा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । माओवादी त्रियुगा नगरपालिका वडा नम्बर ६ को आयोजना तथा सुखायु आयुर्वेद अस्पतालको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका ६ सिव क्लब देउरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष प्रवेश खड्काले जानकारी दिनु भयो । शिविरमा स्थानिय २०० जनाले प्रत्यक्ष सेवा लिएका छन् ।

Last updated:2023 Oct 03 Tuesday 12:51:29

प्रतिक्रिया
सम्बन्धित समाचार