उपहार न्युज
उदयपुर । थारु पत्रकार संघ नेपाल उदयपुर शाखाको प्रथम जिल्ला अधिवेशनबाट सुखिलाल चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमातिबाट चयन भएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज कुलदिप चौधरीको प्रमुख अतिथ्य तथा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी र थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीको विशिष्ट अतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनबाट सुखिलाल चौधरीको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन भएको हो । उक्त संघको नयाँ नेतृत्वको उपाध्यक्षमा दिपु चौधरी, सचिवमा दुर्गानन्द चौधरी (डिएन), सहसचिवमा रेनुका चौधरी र कोषाध्यक्षमा श्रवण कुमार चौधरी सर्वसहमति चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरु भाष्कर चौधरी, मेनुका चौधरी, दुर्गानन्द चौधरी, ममता चौधरी, विना चौधरी र कविता चौधरी चयन भएका छन् । अधिवेशनले अग्रज पत्रकार रविन्द्र चौधरी र विष्णुदेव चौधरी र थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष शिवकान्त चौधरीलाई सल्लाहकार समितिमा चयन गरेको छ ।
थारु समुदायको हक अधिकार सुनिश्चि गर्नको लागि थारु अगुवाहरु एक जुट भएर लाग्नु पर्नेमा प्रमुख अतिथि कुलदिप चौधरीले जोड दिए । थारु समुदायको हक र अधिकारका लागि समावेशी सञ्चार र यसको अनिवार्यता नै आजको आवश्यकता हो । हामी सबै मिलेर यसको लागि आवाजविहीन आवाजहरुलाई विभिन्न सञ्चार माध्यमबाट आम जनतामा पु¥याउनु जरुरी रहेको बताउनुभायो ।
अधिवेशनमा सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले नयाँ निर्वाचित पदधिकारीहरुलाई सफल कार्यकलको शुभाकामना दिँदै थारु समुदायहरुको पहिचान र प्रतिनिधित्वको लागि देशभारका थारु पत्रकारहरु एकजुट हुनु पर्न औलाउनुभयो । उनले भने, ‘थारु पत्रकारहरुले थारुको पहिचान, संस्कृति, हक अधिकारका लागि विभिन्न सञ्चारमाध्यमबाट कलम चलाउन आग्रह गर्दछु ।’