Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा प्रहरी देखेपछि चोरीको काठ छोडेर भाग्ने सदा पक्राउ

  • उपहार न्यूज
  • बिहिबार, असोज ११ २०८०
उदयपुरमा प्रहरी देखेपछि चोरीको काठ छोडेर भाग्ने सदा पक्राउ

उदयपुर, असोज ११ ।
जंगलबाट लुकिछिपी चोरेर ल्याएको काठसहित उदयपुरमा एक जना पक्राउ परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर– ३ बस्ने ३६ वर्षीय दुलीचन सदालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मंगलबार बिहान २ बजेको समयमा त्रिनपा १२ नम्बर वडास्थित हवाई फिल्डमा केकुन जंगलबाट चोरी गरी ल्याएको सखुवा जातको ८ किबि चिरान काठ बरामद भएको हो । उक्त काठ चार–पाँच जनाको एक समुहले बोकी लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको गाडी मोबाईल प्रहरी टोलीलाई देख्न साथ काठ छोडेर उनिहरु फरार भएको डिएसपी चौधरीले बताए ।

घटनामा संलग्न दुलीचनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय बोक्से पठाईएको र अन्य फरार व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहका अनुसार पक्राउ परेका व्यक्तिमाथि कारबाही गर्न अदालतसँग बुधबार मात्र आदेश माग गरि पठाइएको छ । बुधबार विहान मात्र पक्राउ काठ डिभिजनमा आईपुगेकाले नापजाँच कार्य भईरहेको साहले बताए ।

Last updated:2023 Sep 28 Thursday 05:46:47

प्रतिक्रिया
सम्बन्धित समाचार