उपहार न्यूज
उदयपुर असोज १०
उदयपुरको चौदण्डिगढी नगरपालिका ७ बेल्टारका स्थानिय औषधि व्यवसायी बिरेन्द्रकुमार झा ले प्रतिबन्धित औषधि लुकाएर विक्रि गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । असोेज २ गते इलाका प्रहरी कार्यालय बेल्टार र चोदण्डिगढी नगर स्वास्थ कार्यालयको टोलीले उनको घरमा प्रतिबन्धित औषधि लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा घर खन्तलासी गरेको थियो । उनको घरमा लुकाई राखिएको अबस्थामा ट्रामाडोल १० बट्टामा ३०२ पत्ता गरी ३०२० ट्याबलेट, स्पासेन ४ बट्टामा २१६ पत्ता गरी २१६० ट्याबलेट, ओपिडोल १५ बट्टामा २१० पत्ता जम्मा २१०० ट्याबलेट औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिनु भयो । आवश्यक्ता पर्दा हाजिर गराउने शर्तमा छुटेका झा मंगलबार इलाका प्रहरी कार्यालयमा हाजिर हुन आएका थिए । उनलाई बुधबार आवश्यक कारवाहिको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।