Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर प्रहरी पक्राउ ग¥यो तीन लाखको सुर्ती र खोर्सानी

  • उपहार न्यूज
  • मंगलबार, असोज २ २०८०
उदयपुर प्रहरी पक्राउ ग¥यो तीन लाखको सुर्ती र खोर्सानी

उपहार न्यूज
उदयपुर असोज २
जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन लाख पाँच सय बराबरको अवैध सामाग्री पक्राउ गरेको छ । उदयपुरका कटारी नगरपालिका वडा नम्बर १ बेलस्रोतमा असोज ३० गते प्रहरीले चेकजाँच गर्ने क्रममा पोखराबाट कटारी तर्फ आउदै गरेको ना ५ ख ६१०० नम्बरको यात्रु बाहक बसबाट सामाग्री पक्राउ गरेको हो ।
प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा बसबाट भन्सार छली ल्याएको अबैध तीन बोरा एक सय २६ केजी खोर्सानी र एक बोरा ४० केजी सुर्ति बरामद गरेको हो । अन्दाजी ५० हजार पाँच सय बराबरको खुर्सानी र ५० हजार बराबरको बिडि गरी कुल एक लाख पाँच सय बराबरको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक रोशन थापाले जानकारी दिनु भयो ।
प्रहरीले असोज ३० मानै उदयपुर कटारी कटारी न.पा.४ जडी स्थित बिरेन्द्र दासले संचालन गरेको गोदाम पसल घरमा अवैध सुर्ती लुकाई छिपाई राखेको समेत नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी निरिक्षक समेतको टोलीले खानतलासी गर्दा अबैध रुपमा लुकाई छिपाई राखेको ७१ बोरा कबिर छाप सुर्ती र २ बोरा अंगुरी समेत गरी दुई लाख बराबरको सामान फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो ।
उक्त सामाग्री ईलाका प्रहरी कार्यालय कटारी उदयपुरमा ल्याई थप आवश्यक अनुसन्धान पश्चात आवश्यक कार्वाहिको लागि आज मंगलबार आन्तरिक राजश्व अनुसन्धान विभाग कार्यालय ईटहरी सुनसरी पठाएको र ३ बोरा खुर्सानी (१२६ के.जि.)सुनसरी भन्सार कार्यालय सेतुबाँध कोशी व्यारेज बुझाउन पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

Last updated:2023 Sep 19 Tuesday 10:09:51

प्रतिक्रिया
सम्बन्धित समाचार