उदयपुर । उदयपुरको कटारीस्थित इलाका प्रहरी कार्यालयका नयाँ इन्चार्ज डीएसपी सुभाष राईले कार्यभार सम्हालेका छन् । तत्कालिन प्रमुख रबिन कार्कीको सरुवासँगै आएका राईले सोमबारदेखि नयाँ इन्चार्जको रुपमा जिम्मेवारी सम्हालेका हुन् ।
राईको यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगालमा दरबन्दी थियो । प्रधान कार्यालयले भदौ १५ गते जारी गरेको पत्रानुसार बिभिन्न जिल्लाका एसपी र डीएसपीहरु सरुवा भएका थिए ।
राईलाई इप्रका कटारी र मातहत चौकीका प्रहरीले उनलाई स्वागत गरेका थिए । तत्कालिन प्रमुख कार्की भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानबस्रोत व्यवस्थापन शाखामा सरुवा भई गएका छन् ।