उपहार न्यूज
उदयपुर भाद्र २५
नेपाल निजामती कर्मचारी संगठन उदयपुर र राष्ट्रसेवक बहुउद्देश्य सहकारीको आयोजनामा नेपाली नारीहरुको महान चाड तिजको अबसरमा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ । चाडपर्व विशेष अबसरमा आपसी सद्भाव, भाइचरा कायम गर्नका लागि कार्यक्रमको आयोजना गर्न लागिएको कर्मचारी संगठन उदयपुरका अध्यक्ष पुण्य पौडेलले बताउनु भयो ।
कर्मचारी संगठन उदयपुरको उदयपुरको संगठन भवनमा दिनको ३ बजे देखि सुरु हुने कार्यक्रमलाई भव्य बनाउनका लागि आवश्यक तयारी भैरहेको आयोजकले जनाएको छ । राष्ट्रसेवक बहुउद्देश्य सहकारी संस्था समेतको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा संगठन तथा सहकारीमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई सहभागीताको लागि आव्हान गरिएको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।