Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

साना किसान सहकारीको नाफा एक करोड चार लाख

  • उपहार न्यूज
  • सोमबार, भाद्र २५ २०८०
साना किसान सहकारीको नाफा एक करोड चार लाख

उपहार न्यूज
उदयपुर भाद्र २५
त्रियुगा नगरपािलका वडा नम्बर ५ मा स्थापना भएर त्रियुगा नगरपालिकाभर आफ्नो सेवा क्षेत्र विस्तार गरेर संचालनमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो २० औ बार्षिक साधरण सभा सोमबार एक कार्यक्रमका विच सम्पन्न गरेको छ ।
त्रियुगा नगरपालिका ५ स्थित आफ्नै कार्यालय परिसरमा सहकारीले आफ्नो २० औ साधरण सभा आफ्ना शेयर सदस्यहरुको उपस्तिथीमा सोमबार सम्पन्न गरेको हो । साना किसान तथा महिलाहरुको आर्थिक उत्थानको लागि भनेर सुरु गरिएको सहकारीले २० औ बार्षिक साधरण सभाको अबसरमा प्रस्तुत प्रतिवेदन अनुसार पछिल्लो आर्थिक बर्ष २०७९/०८० मा एक करोड चार लाख पाँच हजार एक सय ६० रुपैया नाफा आर्जन गरेको अध्यक्ष देवबहादुर राईले प्रतिवेदन मार्फत जानकारी गराए ।
सहकारीले चालु आर्थिक बर्षको कारोबारबाट एक करोड ७४ लाख ८८ हजार नाफा गर्ने लक्ष्यका साथ अघि बढिएको अध्यक्ष राईले जानकारी दिनु भयो । त्रियुगा नगरपालिकाको वडा नम्बर १ रु १५ बाहेकका सबै वडामा आफ्नो कार्य क्षेत्र विस्तार गरेको सहकारीमा हाल चार सय ४९ समुहमा दुई हजार एक सय ७५ जना शेयर सदस्यहरु आबद्ध रहेको सहकारीका प्रबन्धक युवराज कोइरालाले बताउनु भयो ।
सहकारीको २० औ बार्षिक साधरण सभाको अबसर संस्थाले विभिन्न शिर्षकमा उत्कृष्ट भएका विभिन्न समुहहरुलाई पुरस्कृत गरेको थियो, सहकारीमा रहेर विभिन्न माध्यमबाट योग्दान पु¥याउने व्यक्तिहरुलाई समेत सहकारीले सम्मान गरेको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य कार्कीले मुलुकको समृद्धिको लागि साना किसानहरुलाई व्यवसायीकरण र संगठीत गर्न सहकारीले खेलेको भुमिका प्रति प्रशंसा व्यक्त गर्नु भयो । उहाँले धेरै वित्तिय संस्था तथा सहकारीहरुको बिषय विभिन्न कोणबाट बहस भैरहदा साना किसान सहकारीले आफ्ना शेयर सदस्य प्रति दिएको सुविधा र शेयर सदस्यहरुको सहकारी प्रति विश्वास उत्साहजनक पाईएकाले यस्लाई कायम राख्न आग्रह गर्नु भयो । उहाँले सहकारीको माध्यमबाट भएको संगठित आर्थिक गतिविधिले नागरिकहरुको जिविकोपार्जनमा सहयोग पुगेकोले यसलाई थप व्यवस्थित गर्दै लग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष उद्धब थापा, स्थानिय समाजसेवी दिपक वान्तावा, सन्तोष कोइराला लगायतले सहकारीलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा त्रियुगया नगरपािलिका वडा नम्बर ८ का अध्यक्ष राजकुमार राउत लगायत स्थानिय जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा ठूलो संख्यामा शेयर सदस्यहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

Last updated:2023 Sep 11 Monday 12:19:05

प्रतिक्रिया
सम्बन्धित समाचार