उपहार न्यूज
उदयपुर भाद्र २५
नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज बैदवारले मुलुकलाई आवश्यक परेको बखत आफ्नो ज्यानकोसमेत प्रवाह नगरी देश र जनताको निस्वार्थ सेवा गर्न नेपाली सेना कहिल्यै पछि नपर्ने बताउनु भएकोछ ।
उदयपुरको गाईघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गणमा सोमवार आयोजित ५६ औ सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको निरीक्षण पश्चात आयोजित शुसोभन समारोहलाई सम्बोधन गर्दै सहायक रथी बैदवारले सो कुरा बताउनु भएको हो ।
१० महिनाको कठोर तालिम सफल्तापूर्वक सम्पन्न गरेर अन्तिम दलेल कवाज प्रशतुत गरी सिपाही दर्जामा नियुक्त हुनुभएका ९८ जना सैनिक जवानहरुलाई हौसल्ला दिदै सहायक रथी बैदवारले राष्ट्रको मेरुदण्ड सेना हो भने सेनाको मेरुदण्ड तालिम प्राप्त अनुसासित तथा कर्तव्यनिष्ठ सिपाही हो भन्नुभयो ।
माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आउदा दिनहरुमा नेपाली सेनाको छविलाई अझ उच्च राख्न तपाईहरु सवैले सैनिक मर्यादामा रहेर काम गर्नुहुनेछ भन्नेमा आपूm पूर्ण विश्वस्त रहेको पनि बताउनुभयो । सो अवसरमा सि.सं ५६ सैन्य आधार तलिममा सैदान्तिक तथा ब्यवहारिक दुवैतर्फ सर्वाेत्कृष्ट हुनुहुने खोटाङ्ग जिल्लाको हलेसि तुवाचुङग नगरपालिका वडा नं २ का विश्वास खड्कालाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको छ ।
यसैगरी फायरिङ्ग तर्फ प्रथम हुने पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं १ का सैन्य प्रेमकुमार मगर र ड्रिल तर्फ प्रथमहुने पाँचथर जिल्लाकै फालेलुङ गाउपालिका वडा नं ५ का सैन्य विवश राईलाई पनि सहायक रथी बैदवारले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएकोछ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, त्रियुगा नगरपालिका नगर उपप्रमुख महेश्वरी राई, नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरु, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, पत्रकार, भुतपूर्व सेना लगायतको उपस्तिथी रहेको थियो ।



