Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बिराटनगरमा हुने सभा सफल बनाउन उदयपुरमा समाजबादी मोर्चाको बैठक

  • उपहार न्यूज
  • बिहिबार, भाद्र २१ २०८०
बिराटनगरमा हुने सभा सफल बनाउन उदयपुरमा समाजबादी मोर्चाको बैठक

अनिता सी-
उदयपुर, भदौ २१ ।

समाजबादी मोर्चाको उदयपुर घटकमा संलग्न दलहरुबीच आज सामूहिक छलफल भएको छ । भदौ २५ गते मोरङको बिराटनगरमा आयोजना हुने समाजबादी मोर्चाको बृहत आमसभालाई सफल बनाउन जिल्लास्तरको कार्यक्रम तय गर्न बैठक बसेको हो ।

मोर्चामा आबद्ध उदयपुरका बिभिन्न चारदलबीच छलफल भएको थियो । बैठकमा बिराटनगर सभामा जिल्लाबाट सहभागीहरुलाई लैजान व्यवस्थापनलगायतबारे जिम्मेवारी समेत बाडफाँड गरिएको बताइएको छ । आमसभामा जाँदा सम्पूणर् राजनीतिक दलहरुले सामुहिक रूपमा एउटा ब्यानर सहितको एउटा बस ब्याबस्थापन गर्ने, साथै अन्यलाई आआफ्नो पार्टीले व्यबस्थापन गरी सहभागी गराउने निणर्य गरिएको छ । कार्यक्रममा जाँदा टाँगीने व्यानर बनाउने जिम्मेवारी भने नेकपाले पाएको छ ।

छलफलको क्रममा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजबादीका नेता राममणी पोखरेल, नेकपाका मीनप्रसाद सी, अमृत सी र अनिता सी, जसपाका नेता खेमनारायण यादव, नेकपा माओबादी केन्द्रका द्रोणप्रसद पौडेल, धनमाया बिक नेकपा, मानबहादुर राई, नेकपा, बिनोदकुमार खड्का नेकपा एस, पशुपति चौधरी नेकपा एस, केशबबहादुर मगर जसपा, सुनिता चौधरी नेकपा एस, र बिक्रमी महतो चौधरी नेकपा एस लगायतको नेताहरुको उपस्थित रहेको थियो ।

Last updated:2023 Sep 07 Thursday 16:53:42

प्रतिक्रिया
सम्बन्धित समाचार