Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

एकल विपन्न महिलालाई झुल तथा औषधि वितरण

  • उपहार न्यूज
  • मंगलबार, भाद्र १९ २०८०
एकल विपन्न महिलालाई झुल तथा औषधि वितरण

उपहार न्यूज
उदयपुर भाद्र १९
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ का स्थानिय एकल तथा विपन्न महिलाहरुलाई डेंगु नियन्त्रण संबन्धि जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
महिला मुलधार सेवा केन्द्र मासवेस उदयपुरको आयोजना तथा टेवा धापाखेल ललितपुरको सहयोगमा महिलाहरुलाई डेंगु नियन्त्रण संबन्धि जनचेतनामुलक कार्यक्रम संगैै झुल तथा साथै औषधि वितरण गरिएको हो । देउरी टोल विकास संस्थाको अध्यक्ष रामसुधिर मिश्रकोले संचालन गर्नु भएको उक्त कार्यक्रममा वडा सदस्य तनुकलाल चौधरीको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा मासवेस अध्यक्ष नजबुल खान र कोषाध्यक्ष सानु चौधरीले सहजीकरण तथा व्यवस्थापन गर्नु भएको थियो ।

Last updated:2023 Sep 05 Tuesday 11:52:52

प्रतिक्रिया
सम्बन्धित समाचार