उपहार न्यूज
उदयपुर भाद्र १८
यातायात व्यवस्था कार्यालय उदयपुरमा आर्थिक बर्ष २०७९/०८० मा राजश्व संकलन उत्साहजनक पाईएको छ । कार्यालयले असार मसान्त सम्मा १२ करोड ७४ लाख ६३ हजार चार सय ७१ रुपैया संकलन गरेको छ ।
कार्यालयले अघिल्लो आर्थिक बर्षको तुलनामा करिब डेढ करोड बढि राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा १० करोड ६१ लाख ५३ हजार दुई सय २६ रुपैया संकलन गरेको यातायात व्यवस्था कार्यालय उदयपुरका प्रमुख श्याम बहादुर लिम्बुले बताउनु भयो ।
यता सवारी चालक अनुमती पत्र वितरण तर्फ असार मसान्त सम्ममा १० हजार ३ सय १३ वितरण गरिएको छ । अघिल्लो बर्ष ८ हजार ५ सय २७ अनुमतीपत्र वितरण गरिएको थियो । आर्थिक बर्ष २०७८÷०७९ बाट सवारी चालक अनुमती पत्र वितरणको काम सुरु गरे संगै उदयपुरमा आवेकको संख्या पनि बढेको कार्यालयले जनाएको छ ।
विगतमा सवारी चालक अनुमती पत्र प्राप्त गर्नका लागि सिराहको लाहान, सनसरीको इटहरी तथा काठमाण्डौ सम्म पुगेर लाईसेन्स बनाउनु पर्ने बाध्यता रहदै आएको थियो । गाईघाटबाटै लाईसेन्स वितरण सुरु भए पछि उदयपुर संगै छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा, सिन्धुली, सुनसरी, भोजपुर, सिराह, सप्तरी तथा विभिन्न जिल्लाबाट सेवाग्राहिरुले प्रत्यक्ष सेवा लिई रहेको छन् ।
कार्यालयले आर्थिक बर्ष २०७९/०८० मा दुई हजार २१ सवारी जाँचपास, एक हजार ९ सय ९२ सवारी दर्ता र एक सय २६ सवारीलाई रुट प्रदान गरिएको कार्यालय प्रमुख लिम्बुले बताउनु भयो ।
यता कार्यालयको आफ्नै कार्यालय भवन, ट्रायल सेन्टर नहुदा तथा अनलाईनको माध्यमबाट गर्नु पर्ने कामहरु विभिन्न प्राविधिक समस्या हुदाँ सहज सेवा दिन नसकिएको प्रमुख लिम्बु बताउनु हुन्छ ।