उपहार न्यूज
उदयपुर भाद्र १७
जिल्ला प्रहरी कार्यालय उदयपुरले चेक अनादर मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरबाट २०७७ माघ १० गते नगद तीन हजार सहित जरिवाना फैसला भई फरार रहेका उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नम्बर ३ का कुसुमचौरीका ३३ बर्षिय सुजना राईलाई पक्राउ गरेको हो ।
उनलाई आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिनु भयो । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलीले फरार प्रतिवादी सूचीमा रहेका सुजना राईलाई आफ्नै घरमा लुुकीछिपि बसेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।