Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुर सिमेन्ट उद्योगमा लाखौ रुपैयाँ अनियमितता

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र १३ २०७६
उदयपुर सिमेन्ट उद्योगमा लाखौ रुपैयाँ अनियमितता

उपहार न्युज
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा लाखांै रुपैयाँको अनियमितता भएको तथ्य सार्वजानिक भएको छ । लामो समयदेखि निमित्त महाप्रबन्धक भएर काम गर्दै आएका नवलकिशोर साहले तत्काल आवश्यक नभएको झन्डै ५ करोड मूल्य बराबरको मेसिनरी पार्टस खरिद गरी लाखौं रुपैयाँ घोटाला गरेको बताईएको छ । उहाँले उद्योगलाई डमाडोल पार्दै ६ महिनाको अवधिमा ४ करोड ९९ लाख २५ हजार ४ सय ४५ रुपैयाँको मेसिनरी समान खरिद गर्नुभएको छ । साहले खरिद गरेका सामान उद्योगलाई तत्काल आवश्यक नपरेको उद्योगमा कार्यरत एक मेकानिकल इन्जिनियरले बताएका छन् ।

किनिएका सामान उद्योगमा अझै प्रयोग नगरी गोदाममै थन्किएको पनि जानकारी प्राप्त भएको छ । सिमेन्ट उत्पादनमा कमी आउन थालेपछि उन्पादित गैंडा छाप सिमेन्टको बिक्री खस्किँदै जाँदा उद्योगको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको छ । साथै उद्योगमा भएको आर्थिक अनियमितताको मजदुर संगठनबाट तीव्र विरोध भएपछि उद्योग व्यवस्थापनले उद्योगका वरिष्ठ इन्जिनियर उमाशंकर आनन्दको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । १ हजार भारतीय रुपैयाँ मूल्य पर्ने पेन्डेन्ट कन्ट्रोल स्विचको ४० हजार मूल्यको बिल पेस गरेर अनियमितता गरेको भन्दै अखिल नेपाल औद्योगिक मजदुर संघ, समग्र ट्रेड युनियन नेपाल र नेपाल कारखाना श्रमिक संघले विज्ञप्ति प्रकाशित गरी आर्थिक अनियमितताको छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उद्योग व्यवस्थापनले दोषी माथि कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

Last updated:2019 Aug 30 Friday 04:07:25

प्रतिक्रिया
सम्बन्धित समाचार