Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा होटलको किचनभित्र १८ वर्षीय कामदार मृत फेला

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र १५ २०८०
उदयपुरमा होटलको किचनभित्र १८ वर्षीय कामदार मृत फेला

उदयपुर । उदयपुरमा १८ वर्षीय एक होटल मजदुर मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कटारी नगरपालिका वडा नम्बर– ४ जहडीस्थित मनकामना होटलमा कार्यरत मजदुर प्रदिप बलम्पाकी मगर मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीय अम्बरबहादुर श्रेष्ठले सञ्चालन गर्दै आएको सो होटलमा मृतक बलम्पाकी बिगत ८ महिनादेखि काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनी कटारी नगरपालिका वडा ८ ढापडाँडाका स्थानीय हुन् ।

होटलको भान्सामा दिउँसो ढलेको अवस्थामा भेटेपछि सञ्चालक श्रेष्ठ आफैले तत्काल टेम्पोबाट नजिकैको कटारी अस्पत्ताल पु¥याएका थिए । तर, अस्पत्ताल ल्याईपु¥याउदा नै मृत्यु भईसकेको पाईएको कटारी अस्पत्तालका प्रमुख निमित्त मेडिकल सुपरिडेण्टेड डा. गौरब साहले जानकारी दिए ।

घटनास्थल प्रारम्भिक अनुसन्धानको क्रममा करेन्ट लागेर ज्यान गएको जस्तो देखिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन कार्कीले बताए । घटनाबारे बिस्तृत सत्यतथ्य बुझ्न पोस्टमार्टम रिपोर्ट नै पर्खनुपर्ने प्रनाउ कार्कीको भनाई छ । उनका अनुसार घटनास्थलमा विजुलीको तारहरु जोड्न खोज्दा करेन्ट लागेको जस्तो देखिएको छ ।

मृतकको लाश पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ । शव जिम्मा लिन उनका बलम्पाकीका अभिभावकहरु घरदेखि कटारी पुगेपछि बुझाएर आवश्यक प्रक्रिया अगाडि बढाइने कटारी ८ का वडाध्यक्ष नविन्द्र तामाले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार