Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कटारीमा होटल अनुगमन गर्दा भेटियो अखाद्य सामग्री

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र १३ २०७६
कटारीमा होटल अनुगमन गर्दा भेटियो अखाद्य सामग्री

उपहार न्युज
उदयपुर, भदौ १२ ।
चाडपर्व नजिकिएसँगै उदयपुको कटारीमा बजार तथा नगरपारपालिका भित्रका वजारमा अनुगमनलाई तिव्रता दिइएको छ । बजारका किराना तथा होटलहरुमा गरिएको अनुगमनमा अधिकांश पसलहरुमा म्याद गुज्रेका, लेवल नभएका खाद्य सामाग्री भेटिएको तथा होटलका भान्सामा फोहोर तथा बासि खानेकुरा राखिएको पाईएको छ ।
कटारीको वडा नम्बर १४ को घुर्मी बजारमा १६ वटा पसल, वडा नम्बर ११को वेतेनीमा ७ वटा पसल , त्यसैगरी वडा नम्बर १ र२ मा ८ वटा पसल र कटारी बजारमा १४ वटा पसलमा अनुगमन गरीएको खाद्य तथा गुण नियन्त्रण कार्यालय उदयपुरका खाद्य निर्देशक रमेश दाहालले जानकारी दिनु भयो । अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थ , खाद्य पदार्थ ,इजाजत नलिई विक्रि वितरण भएका सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरीएको उहाँले बताउनु भयो ।

उपभोक्ताको स्वास्थयलाई मध्य नजर गर्दै बेला बेलामा अनुगमन गरिएको निर्देशक दाहालको भनाई । यता उपभोक्ताले भने अनुगमन प्रभावकारी नहँुदा आफुहरु मारमा परेको बताएका छन् । पटक पटक अनुगमन गर्दा सधै जसो म्याद गुजे्रका सामान बरामद भए पनि कार्वाही नभए पछि व्यपारीले लापर्वाही गरेका कारण उपभोक्ताको खाद्य सुरक्षा माथि खेलवाड भएको बताएका छन् ।
कटारी बजारमा नै प्रभावकारी अनुगमन नभएका कारण कटारी बाट खाद्य सामाग्री आयात गर्ने पहाडी जिल्लाहरुका उपभोक्ता समेत मारमा परेका छन । खाद्य तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमनमा ईलाका प्रशासन कार्यालय कटारी , उदयपुर उद्योग वाणिज्य संघ कटारी , तथा पत्रकारको लगाएतको सहभागिता रहेको थियो । तीनदिन देखि आज सम्म टोलीले अनुगमन गरेको थियो ।

Last updated:2019 Aug 30 Friday 03:52:02

प्रतिक्रिया
सम्बन्धित समाचार