Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

भारतिय लगानीमा श्रीपुर खानेपानी योजनाको क्षमता बिस्तार हुँदै

  • उपहार न्यूज
  • आइतबार, भाद्र ३ २०८०
भारतिय लगानीमा श्रीपुर खानेपानी योजनाको क्षमता बिस्तार हुँदै

किरण प्रसाद ढुंगाना

देउरी, ३ भदौ

भारतिय सरकारको मुख्य लगानी र त्रीयुगा नगरपालिकाको सहलगानिमा त्रीयुगा नगरपालिका ५ श्रीपुरमा सन्चालनमा रहेको श्रीपुर खानेपानी योजनाको क्षमता बिस्तार हुने भएको छ। श्रीपुरमा आयोजित खानेपानी सम्बन्धी छलफल भेलालाई सम्बोधन गर्दै नेपाल सरकारका पुर्व मन्त्री एबम संघीय सान्सद माननीय डाक्टर नारायण खड्काले योजना समयमै सम्पन्न गर्न सबैले साथ दिनु पर्ने बताए। भारतिय सरकारको ४ करोड ४० लाख र त्रीयुगा नगरपालिकाको १ करोड २० लाख गरि जम्मा रकम ५ करोड ६० लाख बजेटमा क्षमता बिस्तार योजना सुरु हुन लागेको हो । संघीय सान्सद एबम पुर्व परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको विशेष पहल र त्रियुगा नगरपालिकाको सहकार्यमा योजना हुन लागेको श्रीपुर खानेपानी समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर श्रेष्ठले बताए। योजना सम्पन्न अबधी १५ महिना मात्र भएकोले गुणस्तर काम गर्दै समय सिमामै योजना सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख वसन्त कुमार बस्नेतले बताए। हाल प्रतिसेकेन्ड ५ देखि ७ लिटर बहाब क्षमता रहेको खानेपानी योजनाको सेवा क्षेत्र बिस्तार संगै खानेपानीको माग बढ्दा खानेपानी अपुग हुन थालेको श्रीपुर खानेपानी समितिका सचिब गौतम थापाले जानकारी दिए। हाल सन्चालित योजनाको जम्मा ३०० धाराको क्षमता रहेको छ। खानेपानी योजना वरपरका बस्तिमा जनसंख्या वृद्धि भएको छ। बितरण गरिएको पानीले धान्न मुस्किल भैरहेको छ। पानीको माग धेरै छ। टन्किको क्षमता बढाउनुको साथै पानीको श्रोत पनि बढाउनु पर्ने सचिब थापाले जानकारी दिए। खानेपानी योजना क्षेत्रमा पानीको श्रोत सानो भएकोले डिप बोरिङको सट्टा त्रीयुगा नदिको पानी ल्याएर बितरण गर्दा उपयुक्त हुने जिल्ला खानेपानी प्रमुख ईन्जिनियर सत्यनारायण साहले सुझाए। टंकीको क्षमता बिस्तार गरेर मात्र हुदैन । पानीको श्रोत पनि बढाउनु पर्छ। पानीको श्रोत बढाउन खोलाको पानी नै उपयुुक्त बिकल्प भएको ईन्जिनियर साहले बताए । वडामा खानेपानी सहित समता राजमार्ग निर्माण, मयुरबनलाई सिमसार र पर्यटकीय क्षेत्र निर्माण, ठुला सिचाई योजना निर्माण, अपुरो रहेको देउरी बालुवाटार खानेपानी योजना लगायतका ठुला योजना निर्माणका लागि विशेष गरिदिन माननीय सान्सद डाक्टर नारायण खड्कालाई आग्रह गरेको ५ नम्बर वडा अध्यक्ष उद्धब बहादुर थापाले बताए।

Last updated:2023 Aug 20 Sunday 07:20:10

प्रतिक्रिया
सम्बन्धित समाचार