Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पशुलाई लम्की स्किन बिरुद्ध खोप लगाईदै

  • उपहार न्यूज
  • शनिबार, साउन २७ २०८०
पशुलाई लम्की स्किन बिरुद्ध खोप लगाईदै

किरण प्रसाद ढुंगाना
गाईघाट, श्रावण २५
देश ब्यापी फैलिएको पशुमा लाग्ने लम्की स्किन रोग (छालाको रोग) नियन्त्रण गर्न रोग विरुद्ध खोप लगाउने कार्य त्रियुगा नगरपालिकाका वडाहरुमा सुरु भएको छ । त्रियुगा नगरपालिकाको अगुवाईमा साउन २२ गते वडा १ जोगिदहबाट सुरु भएको खोप कार्यक्रम साउन महिना भरी चलिरहने छ । पहिलो चरणमा २५ सय पशुलाई खोप लगाईने लक्ष राखिएको छ । हाल सम्म नगरपालिकाका वडा नम्बर १,२,३,४,५ र ६ गरि १६५० गाई, गोरु, बाछा, बाछिलाई खोप लगाई सकिएको पशु प्राबिधिक दिपक शर्मा फुयलले जानकारी दिए । बाकी वडाहरुमा क्रमशः लगाईने उनले भने। खोप सुरु हुन अघि नगरपालिका भित्रका १६०० संक्रमीत पशुहरुको निसुल्क उपचार गरिएको त्रीयुगा नगरपालिका पशु सेवा शाखा प्रमुख ईन्द्र नारायण चौधरीले बताए। नगरपालिकामा हाल सम्म लम्की स्किन रोगबाट ५७ बटा पशुहरुको मृत्यु भैसकेको छ । तिब्र फैलिएको संक्रमणलाई नियन्त्रण गर्न खोप अभियान सुरु गरिएको साखा प्रमुख चौधरीले जानकारी दिए। नगरपालिकाले जारी गरेको खोप सम्बन्धी तालिका अनुसार हाल सम्म वडा नम्बर १ देखि ६ सम्म सम्पन्न भएको छ। बाकी वडा हरुमा साउन २८,२९,३०,३१ र ३२ मा क्रमशः लगाईने छ।

Last updated:2023 Aug 12 Saturday 05:35:49

प्रतिक्रिया
सम्बन्धित समाचार