Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आधारभुत पत्रकारिता संबन्धि तालिम सम्पन्न

  • उपहार न्यूज
  • बिहिबार, साउन २५ २०८०
आधारभुत पत्रकारिता संबन्धि तालिम सम्पन्न

उपहार न्यूज
गाईघाट श्रावण २२
किशोर किशोरीहरुमा क्षमता विकासको लागि गाईघाटमा आधारभुत पत्रकारिता संबन्धि तीन दिने तालिम सम्पन्न भएको छ । जल्पा एकिकृति विकास समाज उदयपुरको आयोजना तथा वल्र्ड भिजनको सहयोगमा सोमबार देखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।
तालिममा उदयपुरको ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाका ३० जना किशोर किशोरीहरको सहभागीता रहेको थियो ।
युवा तथा किशोर किशोरीहरुको क्षमता विकासको लागि तालिमको आयोजना गरिएको आयोजक संस्था जाल्पा एकिकृत विकास समाज उदयपुरका रुद्र पोख्रेलले बताउनु भयो ।
तालिममा आमसंचार, पत्रकारिता, पत्रकारिताका सिद्धान्त लगायतको बिषयमा प्रशिक्षण दिइएको प्रशिक्षक किरण प्रसाद ढुंगानाले जानकारी दिनु भयो । नेपाल पत्रकार महासंघ उदयपुर संगको समन्वयमा सुरु भएको तालिमको सहजीकरण महासंघका सचिव विश्वराज तामाङ र सदस्य किरण प्रसाद ढुंगानाले गरिरहुन भएको छ । तीन दिन सम्म संचालन हुने तालिम त्रियुगा नगरपालिका १० बोक्से स्थित होटल कोहबरमा संचालन भएको थियो । तालिममा किशोर किशोरीहरुलाई पत्रकारिताको सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण तथा अभ्यास गराईएको थियो ।
किशोर किशोरीहरुको क्षमता विकासको लागि आयोजना गरिएको तालिम उपलब्धीमुलक भएको र आगामी दिनमा तालिमका सहभागीहरुको क्षमता विकासमा टेवा पुग्ने वल्ड भिजनका प्रतिनिधि आनन्द खड्काले बताउनु भयो ।

Last updated:2023 Aug 10 Thursday 14:15:55

प्रतिक्रिया
सम्बन्धित समाचार