किरण प्रसाद ढुंगाना
उदयपुर श्रावण १९
देश ब्यापी डेङ्गु रोगको संक्रमण बढे संगै उदयपुरको त्रियुगा नगरपालिका ५ मा रहेको देउरी बजार टोल बिकास सस्थाले सरसफाईलाई तिब्रता दिएको छ। सस्थामा आवद्ध टोल बासिले देउरी बजार क्षेत्रमा रहेका सडकनाला, सार्वजनिक स्थानहरु सफाई गरेका छन। आफ्नो टोल आफै बनाऔं भन्ने जागरुकताका साथ सरसफाईमा जुटेको सस्थाका अध्यक्ष लक्ष्मी थापा बताउनु हुन्छ। अहिले देसै भरी डेङ्गु संक्रमण फैलिरहेको छ। सम्भाबित संक्रमण नहोस भनेरै सरसफाई गर्न लागिएको हो। आफ्नो घर अगाडीको स्थानको सफाई आफैले गर्नु पर्छ । थापा बताउनु हुन्छ। सफाई गर्दा निस्किएका फोहोरहरु नगरबाट खटिएको ट्याक्टरले संकलन गर्ने गरेको छ। बजार क्षेत्रमा फोहोरहरु दिनहु निस्किन्छ । फोहोर ब्यबस्थापनको लागि हप्तामा १ पटकको फोहोर सन्कलन प्रयाप्त नहुने थापाको ठहर छ।
डेङु संक्रमण रोकथामको लागि त्रियुगा नगरपालिकाले औषधि छर्ने कार्य सुरु गरेको छ। दुई, तीन दिनपछी ५ नम्बर वडामा पनि औषधि छर्ने कार्य सुरु गरिने वडा अध्यक्ष तथा नगर सामाजिक बिकास समितिका संयोजक उद्धब कुमार थापा जानकारी दिनु भयो। सरसफाई सबैको सरोकार भएकोले सरसफाईका लागि स्वयम् ब्यक्ती , टोलबासी, सरकार सबै मिलि अघि बढ्नु पर्ने थापा बताउनु हुन्छ ।
देउरी बजार टोल बिकास सस्थाले विभिन्न सामाजिक काम गर्दै आएको छ। भर्खरै मात्र सरस्वती सामुदायिक बनको सहयोगमा २ जना सदस्यहरुलाई बाख्राका पाठा बितरण गरिएको सस्थाका अध्यक्षले जानकारी दिनु भयो। टोल बिकास सस्थाहरु केबल बचत लगानीमा मात्र सिमित नभै सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर हुनु पर्ने देउरी बजार टोल बिकास सस्थाले पाठ सिकाएको छ।