Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बास्बोटेमा स्वास्थ्य चौकी भवन उद्घाटन

  • उपहार न्यूज
  • बुधबार, साउन १७ २०८०
बास्बोटेमा स्वास्थ्य चौकी भवन उद्घाटन

उपहार न्यूज
बास्बोटे श्रावण १७
उदयपुरका लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ बास्बोटेमा स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । विगतमा पुरानो र जीर्ण भवनबाट संचालन हुदै आएको स्वास्थ्य चौकी भवन निर्माण भए पछि अब भने स्थानिय नागरिकहरुले नयाँ भवनबाट सेवा पाउने भएका छन् । बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष मेजरकुमार राईको उपस्तिथीमा स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको स्वास्थ्य चौकी प्रमुख कर्णशेर राईले जानकारी दिनु भयो ।
मझेरी कन्ट्रक्शनले ९० लाख लागतमा निर्माण गरेको भवन उद्घाटन भए पछि स्थानिय नागरिकहरुले अब सहज तरिकाले सेवा पाउने प्रमुख राईले बताउनु भयो । स्वास्थ्य चौकी भवन उद्घाटनको क्रममा पालिका अध्यक्ष मेजर राई सहित, पूर्व पालिका उपाध्यक्ष रमिला राई, प्रशासकीय अधिकृत युवराज ओली, वडा नम्बर २ का वडाअध्यक्ष गुरुमणी कुमाई, पालिकाका अध्यक्षका प्रत्यासी स्थानिय समाजसेवी तथा एमाले नेता राजकुमार राई लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2023 Aug 02 Wednesday 16:28:03

प्रतिक्रिया
सम्बन्धित समाचार