विज्ञान पराजुली
उदयपुर असार ३१
उदयपुर साहित्य कला प्रतिस्ठानको प्रथम साधारण सभा सनिवार सम्पन्न भएको छ। आदिकबी भानुभक्त आचार्यको द्दज्ञण् जन्मजयन्तीको अवसर पारेर उदयपुर सदरमुकाम गाइघाट स्थित नेपाल निजामती कर्मचारी युनियनको सभाहलमा भएको कार्यक्रमबाट डा। कैलाश राइको अध्यक्षतामा द्दज्ञ सदस्य जिल्ला कार्यसमिति सर्बसम्बत चयन भएको हो।प्रतिस्ठानको उपाध्यक्षमा बासुदेब उपाध्यय , माधव प्रसाद पोखरेल महासचिव , सरला पौडेल गुरागाइ सचीव , र महेन्द्र कुमार राई कोषाध्यक्ष छन। त्यस्तै सदस्यहरुमा शारदा प्रसाद भट्टराई ,उद्द्व घिमिरे ,मुनुकुमारी खत्री ,फडिन्द्र बिस्वकर्मा,श्यामकर्ण राई,रमेश रोका,हर्क बहादुर श्रेष्ठ ,चन्द्र नारायण चौधरी , कुमार कोइराला ,भिम बहादुर खत्री ,ऋषि बहादुर राई, गोपाल कुमार हुमागाइ अनिल घिमिरे , हरिशरण खतिवडा ,खिलानाथ घिमिरे र सिमा मास्के रहेका छ्न। कला र साहित्यलाई प्रबर्द्धन गर्ने उदेश्यका साथ ट महिना अघि गठित प्रतिस्ठानको तदर्थ समितिले जिल्लाका अब्बल एबम मुर्धन्य ब्यक्तिहरु आवद्ध प्रतिस्ठानले प्रथम साधारणसभा गरि सर्बसम्बत रुपमै पुर्णता पाएको हो। साधारण सभाको उदघाटन कार्यक्रममा बोल्दै, कार्यक्रमका प्रमुख अतिथी एबम त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरि राइले प्रबिधिको बिकास हुनु सकारात्मक कुरो भएको तर हामिले हिजोआज पुस्तक पढ्न समेत छाडि सकिएकोमा आफुलाइ दुस्ख लागेको बताउनु भयो।कला साहित्यको माध्यमबाट अबका नयाँ पुस्तालाई कसरी प्रेरित गर्न सकिन्छ भनेर अब सोच्ने बेला आएको उहाँको धारणा थियो।उपप्रखु राइले उदयपुरका दिग्गज एबम मुर्धन्य ब्यक्तिहरु भएको प्रतिस्ठानलाई स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। कार्यक्रममा सहभागी अधिकाङ्स ब्यक्तीहरुले आदिकबी भानुभक्त आचार्यको प्रतिमामा माल्याप्रण गरि , नेपालको भाशा र साहित्यमा उहाँको योगदानबारे चर्चा गर्दै प्रतिस्ठानमा कला साहित्य, भाशा गित संगीत सबैको प्रतिनिधित्व हुनेगरी एउटै थलोको रुपमा अगाडि बढनु पर्ने धारणा राखेका थिय।