उपहार न्यूज
उदयपुर असार ३१
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ४ का तिलक बहादुर परियारलाई स्थानियले चन्दा उठाएर निर्माण गदिएको घर आईतबार स्थानिहरुको उपपस्तिथीमा हस्ताणतरन गरेका छन् । लामो समय देखि त्रियुगा नगरपालका वडा नम्बर ४ बगाह लाइनटोलमा बस्दै आएका तिलक बहादुर नेपालीको परिवार जंगल नजिकै त्रिपालको छाना लगाएर बस्दै आएका थिए ।
स्थानिय बुद्धमाया परियारले आठ धुर जग्गा दिने भए पछि स्थानिय युवाहरुको संजाल हामी लाइनटोल परिवर्तित समाजको अगुवाईमा परियारको घर निर्माण गरेर आईतबार हस्ताणतरन गरिएको हो । ५० दिन अघिबाट निर्माण प्रारम्भ गरिएको घर निर्माणका लागि स्थानियहरुले एक सय रुपैया देखि सहयोग संकलन गरेका थिए । दुई लाख ६ हजार नगद सहित जनश्रमदानबाट स्थानियहरुले करिब साडे चार लाखको लगानीमा तिलक बहादुर परियारको घर निर्माण गरिदिएको अभियानका सदस्य सन्तोष कोइरालाले जानकारी दिए ।
तिलक बहादुर परियारको घर निर्माणको लागि हामी लाइनटोल परिवर्तित समाज समुहले गाउँ टोल हुदै स्वदेश तथा विदेशमा अभियान संचालन गरेको थियो । स्थानियले सुरु गरेको अभियानलाई स्वदेश तथा विदेशबाट सहयोग संकलन भए पछि घर निर्माण गरिएको समुहका सदस्य उजिरसिंह राउतले जानकारी दिनु भयो ।
एक छोरा र श्रीमतीका साथ लामो समय देखि बेसाहारा जीवन विताई रहेका परियार विपन्न नागरिक हुन्, दुर्घटनामा परेर दुवै खुट्टामा स्टील लगाईएका परियारका श्रीमती समेत बौद्धिक अपांगता रहेका छन् ।
तिलक बहादुर परियारको परिवारको दर्दनाक अबस्थालाई देखेर विदेशबाट समेत सहयोग संकलन गरेर सहयोग गरिएको मलेसीयामा रहेका स्थानिय सुमन वानियाले जानकारी दिए । आफुहरुले सुरुवात गरेको अभियानले सार्थकता पाएकाले आगामी दिनमा अझ यस्ता अभियान संचालन गर्नका लागि हौसला मिलेको समुहका सदस्य विशाल कार्कीले जानकारी दिए ।
स्थानियको सहयोगमा घर निर्माण भए पछि तिलक बहादुर परियार समेत खुसी भएका छन् । उनले आफ्नो घर निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका छन् । गरे के हुदैन र इच्छा शक्ति भए असम्भव भन्ने केहि छैन भन्ने उदाहारण स्थानियले दिएको स्थानिय पूर्वशिक्षक तथा समाजसेवी उद्धब घिमिरले बताउनु भयो ।
