Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रेस काउन्सिलले बनायो विज्ञ समूह, आचारसंहिता उल्लङ्घनमा विशेष निगरानी गरिने

  • उपहार न्यूज
  • आइतबार, असार ३१ २०८०
प्रेस काउन्सिलले बनायो विज्ञ समूह, आचारसंहिता उल्लङ्घनमा विशेष निगरानी गरिने

काठमाण्डौ असार ३१

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ । बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ । दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुनुहुन्छ । बस्नेत सञ्चारीका समूहका पूर्व अध्यक्ष हुनुहुन्छ । छापा र प्रसारणसँगै डिजिटल सञ्चारमाध्यमबाट सार्वजनिक समाचारका विषयवस्तु, त्यसबारे जनगुनासो, उजुरी, आचारसंहिताको वर्तमान प्रावधान, काउन्सिलको नियमन, आगामी दिनमा चाल्नुपर्ने कदम समेतबारे विज्ञ समूहले अध्ययन गर्नेछ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारजगतलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन विज्ञ समूहबाट आउने सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । ‘सञ्चार माध्यमका आकार, प्रवृत्ति र प्रस्तुतिमा आएका फरकपन, प्रविधिको विकासले अवसरसँगै चुनौती पनि थपेको छ । जनमानसमा गुनासा पनि बढेका छन् । यसलाई सही ढङ्गले सम्बोधन गर्न र काउन्सिलको कामलाई थप व्यवस्थित गर्न यो नौलो अभ्यास थालनी गरिएको हो । र, यो एक श्रृङ्खला मात्र हो’, विज्ञ समूहको मङ्गलबारको बैठकमा अध्यक्ष बस्नेतले भन्नुभयो । एक साताअघि बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले १० दिनमा कार्य सम्पादन गर्ने गरी विज्ञ समूह गठन गर्ने निर्णय गरेको थियो । अध्यक्ष बस्नेतको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य विपुल पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, उपसमितिमा सदस्य रहनुभएका काउन्सिलका बोर्ड सदस्यद्धय दिपक पाण्डे र ठाकुर प्रसाद बेलबासे तथा बोर्ड सदस्यहरु दुर्गा भण्डारी पौडेल र लालबाबु शेख सहभागी बैठकले विज्ञ समूह गठन गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

Last updated:2023 Jul 16 Sunday 14:48:19

प्रतिक्रिया
सम्बन्धित समाचार