Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटमा पाँचौ कोरा च्यालेन्ज हुदै

  • उपहार न्यूज
  • शुक्रबार, असार २९ २०८०
गाईघाटमा पाँचौ कोरा च्यालेन्ज हुदै

विज्ञान पराजुली
उदयपुर असार २९
नेपाल साइकिलिङस संघ उदयपुरको आयोजनामा शनिबार गाइघाट कोरा च्यालेन्ज २०८० हुने भएको छ । त्रियुगा नगरपालिकाको सहयोगमा आयोजना गर्न लागिएको कार्यक्रमबारे आज गाइघाटमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी गराइएको हो।साहसिक साइकल राइड भनेर बुझिने सो कोरा च्यालेन्ज नेपालबाटै शुरु गरिएको र हाल बिश्वका २० वटा मुलुकमा बिस्तार भइसकेको छ भने नेपालमा १६ र उदयपुर जिल्लाको हकमा पाचौं सस्करण भएको उदयपुर साइकिलिङ संघका अध्यक्ष जितु रोइलाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । गाईघाटको पिपलचोक बाट शुरु हुने कार्यक्रम, यसपटक भने रुट परिवर्तन गरि गर्न लागिएको उहाँले जानकारी गराउनु भयो । गाईघाट बाट शुरु भै असारी बहेडवा, मोतिगडा बगाहा , श्रीपुर जलजले मोहनपुर होक्से तोरिबारी चुहाडे राजाबास माथिल्लो बोक्से हुदै ५०.५ किलोमिटरको रुट तय भएको र पिपल चोकमै आइपुगेर समापन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । टर्कीको भुकम्प पीडितलाई सहयोग गर्ने उदेश्यका साथ च्यारिटी लेबलको राइड च्यालेन्ज भएको जानकारी गराउदै सोको लागि सहभागीको सहयोग स्वेच्छिक रहने समेत शुक्रबार विहान आयोजित पत्रकार सम्नेलनमा बताइएको छ । पर्यटन प्रबद्र्धन वातावरण प्रदुषण एवम् साहसिक खेल जस्ता समग्र कुरालाइ साइकल राइडिङले महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै संघका अध्यक्ष रोइराले सम्पुर्ण सन्चारकर्मी, केन्द्र, प्रदेश एबम स्थानीय सरकार, खेलकुद संघ सम्बन्धित संघ सस्था र सरोकारवाला निकाय सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भयो ।

Last updated:2023 Jul 14 Friday 13:16:05

प्रतिक्रिया
सम्बन्धित समाचार