Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बालविवाहको असर ८२ प्रतिसत युवायुवती उमेर पुगेपछि पछुताउँदै

  • उपहार न्यूज
  • मंगलबार, असार २६ २०८०
बालविवाहको असर ८२ प्रतिसत युवायुवती उमेर पुगेपछि पछुताउँदै
उपाहार न्यूज
उदयपुर असार २६
उमेर नपुगि विवाह गरेका अधिकांस युवायुवतिको जीवनशैली कष्टपूर्ण रहेको एक तथ्यांकले देखाएको छ ।
महिला सशक्तिकरण स्रोत केन्द्र र युवा महिला संजाल उदयपुरले जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगि गरिने विवाह भोगाईमा आधारित रहेर गरिएको खोजअनुसन्धानमा यस्तो तथ्य फेला पारेको हो ।
अनुसन्धानका क्रममा देखिएका अवश्था र चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा मंगलबार जिल्लाका सरोकारवाला निकायसँगको अन्तरक्रियामा संस्थाका कार्यकारी निर्देशक बन्दना दनुवारले यस्तो तथ्यांक प्रस्तुत गरेकी हुन् । तथ्यांकमा ६५ प्रतिशतले १४ देखि १८ र ३५ प्रतिशतले १८ देखि २० बर्ष विचको उमेरमा विवाह गरेको देखाइएको छ । यसरी विवाह गरेकाहरुमध्ये ८२ प्रतिशतले उमेर परिपक्व भएपछि पछुताउनु परेको बताएका छन् ।उनीहरुले बेलैमा विवाह गर्दा पढई छुटेको, गृहणी जीवन व्यतित गर्नु परेको, छोराछोरीको स्याहारसुसार, खेतीपातीलाई मुख्य पेसा बनाउनु परेको र आफुसँगका साथीसँगी विभिन्न तह र तप्कामा जागिँर, व्यापार व्यवसायमा रमाउँदा पछुताउनु परेको बताएका छन् ।
सोधकर्ताहरुले कसरी भेट भयो भन्ने सन्र्दभमा ५० प्रतिशतले एकै बिद्यालयमा अध्ययन गरेको, २९ प्रतिशतले गाउँछरछिमेक र २१ प्रतिशतले सामाजिक संजालमा बताएका छन् । स्थलगतरुपमा स्वंयम महिलासँग गरिएको अन्र्वातामा उनीहरुले प्रेम गरेको परिवार र समाजले थाहा पाएपछि डरत्रासले उमेर नै नपुगि भागेर विवाह गर्नु परेको बताएकाछन् ।यसरी भागि विवाह गरेका अधिकांसको परिवारको अवश्था सामान्य रहेको र विवाहपछि घरगृर्हस्थी जीवन व्यतित गर्नु परेको बताएका छन् । सोधकर्ताहरुले शैक्षिक अवश्थाको बारेमा जानकारी लिँदा ४४ प्रतिशतले आठ कक्षा र ३० प्रतिशतले माध्यमिक तहसम्म अध्ययन गरेको बताएका छन् ।
तथ्यांकमा विवाह गरेको केहि समयमा नै गर्भवति भएको र शिक्षक, साथीभाईको हेलाहोचो, जिस्क्याउने, आर्थिक अवश्था कमजोरकाकारण परिवारले अध्ययन गराउन नसक्ने बताए पछि बिद्यालय छोड्नु परेको देखाईएको छ । प्रत्यक्ष संम्बादमा उनीहरुले साथीसँगतीको लहड र हौसला, केटाले आत्महत्या गर्छु, परिवारले स्वीकार नगर्र्नु, विवाह पुर्व शारिरीक सम्र्पक, प्रेमसम्बन्ध बारे परिवार र छरछिमेकले थाहा पाउँदा विवाह गर्न बाध्य भएको बताएको संस्थाका कार्यक्रम अधिकृत सुजता सुबेदीले बताईन् ।
तथ्यांक तयार गर्दा संस्थाले राष्ट्रिय जनगणना २०७८ को स्रोतलाईसमेत समेटेको कार्यकारी निर्देशक दनुवारले बताईन् । जनगणनाको तथ्यांकले पाँच बर्षयता तीन हजार ६८२ जनाले २० बर्ष अगावै विवाह गरेको देखाएको छ । संस्थाले युवा नेतृत्व र वाल विवाह अन्त्य सम्बन्धि रेडियो उदयपुर, युवा महिला संजाल र सामाजिक गतिविधिको माध्यमबाट कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष ज्योति दनुवारले बताईन् ।
अन्तरक्रियामा कोसी प्रदेशका उपसभामुख सृजना दनुवारले समृद्धीको आधार भनेकै बालबालिका भएकाले उनीहरुको संरक्षण र सम्र्बद्धनमा ध्यान दिनु पर्ने बताईन् । उनले भनिन्, ‘कलिलो उमेरमा जे शिक्षा र ज्ञान दिन सक्यो त्यहीँ गर्ने भएकाले उनीहरुलाई असल, व्यवहारिक र संस्कारवाला शिक्षा आवश्यक रहेको छ ।
 उपसभामुख दनुवारले समाजमा विकृति, विसंगति धेरै भएकाले त्यसको अन्त्यका लागि राज्य र सरोकारवाला गैरसरकारी संघसंस्थाको समन्वयमा शिक्षा, स्वास्थ्य र मानवविकासमा लगानी गर्न सुझाब दिईन् । उनले प्रतिफल देखिने गरी काम गर्न सकेमात्र बालविवाहलाई निस्तेज बनाउन सकिने बताईन् ।
त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले वालविवाह न्युनिकरणका लागि सबैसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताईन् । उनले भनिन्, ‘प्रतिफल चाँडै निस्कने गरी कार्यक्रम लिएर आउनुस, हामी हातेमालो गर्न तयार छौ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, वडाध्यक्ष लगायतका सरोकारवाला निकायहरुले बालविवाह न्युनिकरणका लागि एकिकृत कार्यक्रम गरी अभियानहरु सञ्चालन गर्न सुझाब दिएका छन् । उनीहरुले अलग–अलग अभियान सञ्चालन गर्दा प्रतिफल देख्न नसकेको र अझ वालविवाहले भयाभह रुप लिएकाले कानुन कार्यान्वयन गर्ने गरी एकिकृतरुपमा अभियान सञ्चालन गर्नु पर्ने बताए ।

Last updated:2023 Jul 11 Tuesday 13:10:59

प्रतिक्रिया
सम्बन्धित समाचार