उपहार न्यूज
उदयपुर असार २६
उदयपुरको ताप्ली गाउँपालिकाले ११ वटा कृषि समूह, सहकारी संस्था र फर्महरुलाई मिनिटिलर बितरण गरेको छ । ताप्ली गाउँपालिका कृषी बिकास शाखाको आयोजनामा मंगलबार एक कार्यक्रमको आयोजना गरि कृषि यान्त्रिकरण उपकरण बितरण गरेको हो । कृषिलाई व्यवसायीक र यान्त्रीकरण गर्नका लागि सहजता होस भन्ने उद्देश्यले यान्त्रीक उपकरण वितरण गरिएको हो ।
व्यवसायीक कृषि उत्पादनलाई जोड दिन यान्त्रीकरण बढाउनदा सहज पनि भएकोले गाउँपालिका यस्ता कार्यक्रम निर्माण गरि उपकरण बितरण गरिएको गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माले बताउनु भयो । ताप्ली गाउँपालिकाले चालु आर्थिक बर्षमा विभिन्न क्षेत्रमा तरकारी विकास पकेट क्षेत्र बनाई कृषि कार्यको थालनी गरिएको छ । गाउँपालिकाले चालु आ.व. मा गाउँपालिकामा सन्चालन हुनेगरी कृषि एम्बुलेन्स पनि खरिद गरिएको र अब यसरी बितरण गरिएको मिनिटिलर को प्रयोग गरि कृषि उत्पादन वृद्धि गर्दै बजारसम्मको पहुच मा जोडिन समेत कृषकलाई सहज हुने गाउँपालिका उपाध्यक्ष धना माया मगरले आग्रह गर्नु भएको छ । मिनिटिल पाए संगै स्थानिय कृषकहरु पनि खुसी भएका छन्, गाउँपालिकाले व्यवसायीक कृषिलाई जोड दिन यसरी आधुनिक उपकरणहरु प्रदान गर्दा कृषिलाई थप व्यवसायीक बनाउन सहज हुने भन्दै कृषकहरु समेत हर्षित भएका छन् ।
