Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वडाअध्यक्षको घटनामा एमालेको आरोप निराधार ः नेपाली कांग्रेस

  • उपहार न्यूज
  • सोमबार, असार २५ २०८०
वडाअध्यक्षको घटनामा एमालेको आरोप निराधार ः नेपाली कांग्रेस

उपहार न्यूज
गाईघाट असार २५
नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का सभापती खगेन्द्र राईले असार २२ गते चौदण्डिगढी नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष प्रकास कुमार राउत र स्थानिय महिला सुनिता प्रधानविच भएको घटनाको बिषयलाई लिएर राजनितिकरणको आरोप निराधार रहेको बताउनु भएको छ ।
असार २२ गते वडाअध्यक्ष राउत र स्थानिय महिला सुनिता प्रधान विच चौदण्डिगढी नगरपालिका वडा नम्बर ९ अजगरामा खोलाबाट अबैधरुपमा ढुंगा गिटि निकासी गर्ने क्रममा विवाद उत्पन्न भएको थियो । उक्त विवाद उत्पन्न भए पछि वडाअध्यक्षले स्थानिय महिला सुनिता प्रधान माथि हातपात गरेको भन्दै प्रधान सहित स्थानियले प्रहरीमा जाहेरी दर्ता गराएका थिए । महिला सहित स्थानियले प्रहरीमा निवेदन दर्ता गराए पछि वडा अध्यक्ष राउतलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहि अघि बढाए पछि आईतबार नेकपा एमाले उदयपुरले बेल्टारमा पत्रकार सम्मेलनको आयोजना गर्दै वडाअध्यक्ष राउतलाई विनाशर्त रिहाईको माग राखेको थियो ।
सो क्रममा एमाले नेताहरुले उक्त घटना सुनियोजित तरिकाले कांग्रेस लगायतका गठबन्धन दलहरुले सत्ता र शक्तिको आडमा गराएको आरोप लगाएको थियो ।
सो बिषयलाई लिएर नेपाली कांग्रेसले सोमबार बेल्टारमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले लगाएको आरोप निराधार रहेको बताएको हो । घटना पछि नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले सो बिषयमा कुनै पनि सार्वजनिक टिप्पणी नगरेको कांग्रेस क्षेत्रीय सभापती खगेन्द्र राईले बताउनु भयो ।
उहाँले उक्त घटनाका पिडितले न्याय पाउनु पर्ने र पिडकले कानुन बमोजिम कारवाहि भोग्नु पर्ने आफुहरुको मान्यता रहेको बताउनु भयो । तर पत्रकार सम्मेलनमा एमालेले जुन हिसाबले तल्लो स्तरमा झरेर कांग्रेस लगायतका दलहरु माथि लगाएको आरोप निराधार रहेको बताउनु भयो ।

Last updated:2023 Jul 10 Monday 14:09:03

प्रतिक्रिया
सम्बन्धित समाचार