Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

साताव्यापी ट्राफिक सप्ताह समापन

  • उपहार न्यूज
  • सोमबार, असार २५ २०८०
साताव्यापी ट्राफिक सप्ताह समापन

विज्ञान पराजुली
गाईघाट असार २५
कोशी प्रदेश भरी भइरहेको ट्राफिक सप्ताह कार्यक्रम उदयपुर जिल्लामा पनि सोमबार एक कार्यक्रम गरि समापन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा गत मंगलबारबाट शुरु भएको साप्ताहिक अभियान अन्तर्गतको कार्यक्रम सोमबार ट्राफिक प्रहरी कार्यालय उदयपुरले पनि एक साता सम्म गरेको कार्यक्रमको समिक्षा गर्दै औपचारिक रुपमा समापन गरेको हो । उदयपुर सदरमुकाम गाइघाट बरुवा बसपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको प्राङ्गणमा भएको समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बिगतमा भन्दा वर्तमानमा आम नागरिक सचेत भएको जस्तो देखिएपनी त्यो व्यवहारमा कार्यन्यन एकदम थोरै मात्रामा भएको बताउनु भयो । सवारीधनी चालकले पनि अलि बढी कमाइ हुने लोभमा क्षमता भन्दा भन्दा बढी यात्रु चढाउने, सवारी साधन प्रयोजन बिपरित चलाउने गरेको बताउनु भयो । साताव्यापी विविध कार्यक्रम गरेको ट्राफिक प्रहरिको कार्यक्रम समिक्षा तथा समापनमा बोल्दै उदयपुर जिल्लामा पनि हरेक दृष्टिले सडक र सवारी दुर्घटनाको जोखिम उच्च रहेको , आवश्यक जनशक्ति प्रयाप्त नभएको चुनौतीपुर्ण अवस्थामा पनि दुर्घटना न्यूनीकरणका लागि अहोरात्र तैनाथ मातहतका सुरक्षा निकायका व्यक्ति सवारीधनी, यातायात व्यवसायी संघ सस्था र सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । उदयपुर जिल्लामा महिनामा औसत ३ जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको सयौको संख्यामा घाइते हुने गरेको र दुर्घटना बाट लाखौंको सवारी साधनमा क्षेती पुग्ने गरेको भन्दै उहाँले यस्ता कार्यक्रमले केहिहद सम्म भए नि दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नु भयो । ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले मदन भन्डारी राजमार्ग संचालन भएपछि तीब्र गतिमा सवारी चलाउने गतिविधि बढेको भन्दै त्यस्लाइ नियन्त्रण गर्न गतिमापक राडर गनको प्रयोग गरि नियमित चेकजाँच गरिने जानकारी दिनु भयो । साथै उहाँले नियमित रुपमा भइरहेको सवारी सचेतनामुलक कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले संचालन गरिने, ट्राफिक सप्ताहको अवसरमा शुरु भएको लापसे (लागू पदार्थ सेवन)को परिक्षणलाई व्यापक बनाइने जानकारी दिनु भयो । सोमबार सम्पन्न भएको समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख, सवारी चालक, यातायात व्यवसायी बुद्धिजीवी पत्रकार लगातको सहभागिता रहेको थियो ।

Last updated:2023 Jul 10 Monday 13:13:02

प्रतिक्रिया
सम्बन्धित समाचार