Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

चौदण्डिगढी ९ का वडा अध्यक्ष प्रकास राउत प्रहरी नियन्त्रणमा

  • उपहार न्यूज
  • शनिबार, असार २३ २०८०
चौदण्डिगढी ९ का वडा अध्यक्ष प्रकास राउत प्रहरी नियन्त्रणमा

उपहार न्यूज
उदयपुर असार २३
उदयपुरको चौदण्डिगढी नगगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष प्रकास राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार स्थानिय एक महिला माथि दुव्र्यवहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भए पछि प्रहरीले उनलाई आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय वेल्टारले शनिवार राउतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
सुर्योदय सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र भित्र पर्ने छिडी खोलामा अवैद्य रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी सुनिता श्रेष्ठलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई नियन्त्रणमा लिईएको उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले बताउनु भयो । ।वडाध्यक्ष राउतले शुक्रवार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैद्य रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न श्रेष्ठ त्यहाँ पुगेकी थिईन। सोही क्रममा विवाद हुँदा राउतले हातपात गरेको आरोप लागेको थियो।
घटनाबारे प्रहरीले जानकारी लिने काम गरिरहेको र उक्त घटनामा रहेका स्थानिय महिला सुनिता श्रेष्ठलाई घटनाबारे जानकारी लिनको लागि बोलाईएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख डम्बर विश्वकर्माले जानकारी दिनु भयो ।
वर्षाको समयमा खोलाबाट नदिजन्य पदार्थ उत्खनन गर्न कानुनले रोकेको, त्यसमाथि सामुदायीक वन क्षेत्रभित्र पर्ने खोलाबाट गिट्टी निकाल्न मिल्दैन भन्दा आफुमाथि हातपात गरेको श्रेष्ठको आरोप छ ।
वडाध्यक्ष रातउले भने आफुले कसैलाई हातपात र दूव्र्यवहार नगरेको बताएका छन् । वडामा सडक निर्माणको काम चलिरहेको र गिट्टी अभाव हुन नदिन खोलामा पस्नु परेको भन्दै उनले सफाई पेश गरे। वर्षाका कारण हिलाम्मे भएका गाउँका बाटो पुर्न पनि गिट्टी झिक्नु परेको उनको भनाई छ।
राउतले गत ०७९ माघमा पनि स्थानीय राकेश कुमार हुजदारलाई ढुङ्गागिटीकै विषयमा कुटपिट गरी हात भाँचिदिएका थिए। वडा नं. ९ को पश्चिम ज्यामिरे स्थित भिम सामुदायिक वन क्षेत्रमा पर्ने ज्यामिरे द्वारखोला वनक्षेत्रबाट वडाध्यक्ष राउतले आफ्नो एस्काभेटर प्रयोग गरि गिट्टी बालुवा निकाल्ने क्रममा विवाद भएको थिया ।
स्थानीय युवाले अवरोध गरेपछि विवाद हुँदा राउतले गालीगलौज र कुटपिट गरि दाहिने हात भाँचिदिएका थिए । अध्यक्ष राउत एमालेबाट दुइपटक निर्वाचित भएका छन् । जनप्रतिनिधि जस्तो गरिमामय छविलाई मर्यादित बनाउनु पर्ने र गुण्डागर्दी शैली र दागिरी प्रवृत्ती हटाउनु पर्ने स्थानीयहरु बताउछन् । खोलामा एक्स्काभेटर र टिपर नै प्रयोग गरेर अवैद्य रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न सुनिता त्यहाँ पुगेकी थिईन। वर्षाको समयमा खोलाबाट नदिजन्य पदार्थ उत्खनन गर्न कानुनले नै रोकेको त्यसमाथि सामुदायीक वन क्षेत्रभित्रबाट यसरी गिट्टी निकाल्न मिल्दैन भन्दै उनले वताएपछि विवाद सुरु भएको थियो। सोही क्रममा राउतले आफुमाथि हातपात गरेको श्रेष्ठले वताएकी छिन् । उनका अनुसार खोला सुर्योदय सामुदायीक वनक्षेत्र हो।

Last updated:2023 Jul 08 Saturday 11:13:27

प्रतिक्रिया
सम्बन्धित समाचार