Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अविरल बर्षाका कारण रौतामाई ७ मा लाखौको क्षती

  • उपहार न्यूज
  • मंगलबार, असार १९ २०८०
अविरल बर्षाका कारण रौतामाई ७ मा लाखौको क्षती

शंकर रिखाम मगर
उदयपुर, असार १९।
उदयपुरको रौतामाइ गाउँपालिका,७ पुवारे डहरस्थित सोमबार रातिको वर्षातका कारण खहरे वाढिले लाखौं क्षेती पु¥याएकोछ ।
उक्त क्षेती मुर्कुची, पुवारे, डुम्रीथुम्का, रानिवास, तेलतेले हुँदै रौता धार्मिक तथा पर्यटकिय क्षेत्र जोडिने सडक वाटोको कारण भएको स्थानिय पिडितहरुले वताए । वर्षातका कारण स्थानिय टेकवहादुर दुलाल सार्कीको करिब ४ रोपनी खेत, पाकेको मकै, धानको बीउ र भैसिको कटेरो पुरिएकोछ भने स्थानिय रामवहादुर सार्किको एउटा वङ्गुर सहित खोर पुरिएकोछ ।
मकै भाच्ने वेला भएको थियो, मकै भाचेर धान रोप्ने योजनामा बनाएका सार्कीको धानको बीउ सहित खेत नै पुरियो अब कुन खेतमा के बिउ रोप्लान त टोल विकास समितिका अध्यक्ष नारायण वहादुर रायामाझिले दुख व्यक्त गर्दै उपहार संग भने । रौतामाइ गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले रौतामाइ,७ का वडा अधक्ष मनोजकुमार राना र अस्थायी प्रहरी चौकी मुर्कुचि र टोल विकास समितिद्वारा क्षति भएको स्थलको अनुगमन गरि सडक डिभिजन कार्यलय लहान र निर्माण व्यवसायि संघलाई क्षति भएको स्थानलाइ सुधार गर्नको लागि पालिका अध्यक्ष विरेन्द्रकुमार आले र वडा अध्यक्ष मनोजकुमार रानाले एकैसाथ पहल गरेका छन । खहरे रोकथामको लागि पुर्व तयारी गरिनु पर्ने वताउदै समुदाय लाइ रातको समयमा सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेका छन् ।
सडक निर्माणको कारण क्षति भएको स्थानमा खेत र खहरे सुधार तथा वनाइदिने लहान सडक डिभिजन कार्यलयका इन्जिनियर सन्दिप दासले वताए ।

Last updated:2023 Jul 04 Tuesday 04:58:30

प्रतिक्रिया
सम्बन्धित समाचार