Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

स्थानिय तह संग समन्वय गरी कार्यक्रम संचालन गर्न जोड

  • उपहार न्यूज
  • सोमबार, असार १८ २०८०
स्थानिय तह संग समन्वय गरी कार्यक्रम संचालन गर्न जोड

विज्ञान पराजुली
उदयपुर असार १८
उदयपुर जिल्लामा बिभिन्न कार्यक्रम सन्चालन गरेर सन्चालन भइरहेका विदेशी दातृ तथा गैर सरकारी संघ सस्थाले स्थानीय निकायसँग समन्वय गरिनु पर्ने सोमबार एक कार्यक्रमका सहभागीले बताएका छ्न । ग्रामीण स्वास्थ र शिक्षा सेवा केन्द्र विशालनगर काठमाडौंको आयोजना , रौता बिकास समाजको समन्वय एबम अमेरिकन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा महिला तथा किशोरी शिक्षा मार्फत बेचबिखन नियन्त्रणमा समर्पित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा सो कुरा बताइएको हो । जिल्ला समन्वय समिती उदयपुरका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि गौर बहादुर बिस्वकर्माले आफ्नो जिल्लामा विभिन्न कार्यक्रम संचालन गर्ने सरकारी तथा गैरसरकारी सस्थाबाट आफुलाइ खुसी लागेको तर स्थानीय निकाय , जनप्रतिनिधि साथै सरोकारवाला निकायसङ्गको समन्वय प्रभावकारी नभएको बताउनु भयो । रौता विकास समाजको समन्वयमा काठमाडौं स्थित सो सस्थाले ४ बर्ष अघि ५ वटा बिद्यालय र ४० विद्यार्थीबाट शुरु भएको कार्यक्रम हाल ४० बिधालय र १३७२ जना विद्यार्थी प्रत्येक्ष लाभान्वित भएको सस्थाका कार्यकारी निर्देशक डा. अरुणा उप्रेतीले जानकारि दिनु भयो । जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा भएको कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरि राइले आफ्नो जिल्लामा पिछडिएका छात्राको लागि शिक्षा क्षेत्रमा ठूलो लगानी भएर कार्यक्रम हुनु खुसीको कुरो भएको बताउदै सो कार्यक्रमलाई अझ प्रभाकारी बनाउन स्थानीय सरकारसग पनि सहकार्य गर्न आग्रह गर्नु भयो । त्रियुगाको १० वटा वडा मात्रै नभएर १६ वटा वडामा कार्यक्रम बिस्तार गर्न आयोजक सस्थालाइ आग्रह गर्नु भयो । विशेषगरी द्वन्द्वमा परेका, अनाथ अशक्त बिपन्न, बालबिवाहा, यौनजन्य हिंसा आधि कारणले नियमित बिद्यालाय गइ पठन पाठन गर्न नसक्ने छात्रालाइ लक्षित गरेर कार्यक्रम संचालन गरिएको आयोजक सस्थाले जनाएको छ । कार्यक्रममा सस्थाको स्थापना ,उदेश्य , हालसम्म भएका गतिविधि र भाबी कार्य योजना बारे भिडियो रिपोर्ट प्रस्तुत गरिएको थियो भने जिल्लाका सरकारी तथा गैर सरकारी सघ सस्थाका प्रमुख एबम प्रतिनिधि सरोकारवाला ब्याक्तित्व, शिक्षक विद्यार्थी, अभिभावक ,पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Last updated:2023 Jul 03 Monday 13:22:25

प्रतिक्रिया
सम्बन्धित समाचार