उपहार न्यूज
उदयपुर असार ७
त्रियुगा नगरपालिकालाई लैङिकमैत्री बनाउनका लागि महिला तथा किशोर किशोरीहरुलाई तालिम प्रदान गरिएको छ । समाजमा हुने लैङिक हिंसाको न्यूनीकरण गर्नका लागि आयोजना गरिएको तालिममा विशेषगरी लैङिक हिंसा र यसबाट पर्ने असर तथा न्यूनिकरणको लागि चालिने अभियानको बिषयमा जानकारी गराईएको थियो ।
गाईघाट स्थित होटल रत्नामा दुई दिन सम्म संचालन भएको तालिममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयल, सामाजिक अभियान्ता मिनु पुन श्रेष्ठ, ललित साह, अम्बिका मगर र नजबुल खानले गर्नु भएको थियो ।
तालिममा त्रियुगा नगरपालिका क्षेत्रका ९ पुरुष सहित ४२ जनाको सहभागीता रहेको थियो । दुई दिन सम्म संचालित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतको समेत उपस्तिथी रहेको थियो ।
कार्यक्रमको व्यवस्थापन सानु चौधरी तथा संचालन विमला सुनुवारले गर्नु भएको थियो कार्यक्रम मासवेस अध्यक्ष नजबुल खानको अध्यक्षतामा सम्पन्न भएको हो ।