किरण प्रसाद ढुंगाना
देउरी जेठ २१
लैङ्िगक हिंसा सचेतना कार्यक्रममा महिला, किशोरी संगसगै पुरुषको पनि सहभागिता बढ्दै गएको छ।
त्रियगुा नगरपालिका वडा नम्बर ६ लालपत्तामा आयोजित वडा स्तरिय लैङ्िगक हिंसा बिरुद्ध सचेतना कार्यक्रममा ४५ सहभागिहरु मध्य १३ जना पुरुषले सहभागिता जनाएका थिए।
प्रायः समुदाय स्तरमा गरिने विभिन्न सचेतना कार्यक्रममा पुरुषको सहभागिता न्यून हुने गर्थ्यो । लैङ्िगक हिंसा भएका केसहरुमा प्राय महिला, किशोरिहरु पिडित हुने गरेकोले पुरुषको सहभागितालाई वास्ता गरिएको थिएन। तर आजको कार्यक्रममा पुरुषहरूको उत्साह सहभागिता देखेर खुसी लागेको आयोजक सस्थाकी अध्यक्ष नजबुल खान (निलम) बताउनु हुन्छ। अध्यक्ष खानका अनुसार हिंसा के हो, कहाँ कहाँ हुन सक्छ, हिंसा भएमा पिडितलाई कसरी सहयोग गर्नेरु हिंसाको रिपोर्ट कहाँ गर्ने, हिंसामा पर्ने पिडितको न्यायको लागि पिडकलाई गरिने कानुनी दण्ड सजाय लगायत बिषयमा महिला पुरुष दुबैलाई सचेत गर्दा हिंसा न्युनिकरण गर्न मद्धत मिल्ने खान बताउनु हुन्छ।
कार्यक्रममा सहभागी सदरुल मिया सचेतना कार्यक्रमले आफुले आफ्नो घरमा श्रीमतिलाई सम्मान गर्नु पर्ने कुरा सिकेको बताउनु हुन्छ। मियाको प्राय घरको कामकाज भन्दा बढी बाहिरैको काममा ब्यस्त हुन्छन। घरको सम्पुर्ण काम उनकि श्रीमतिले गर्छिन। कहिलेकाही बाहिरको टेन्सन घरमा श्रीमतिलाई पोख्दा श्रीमतिलाई पनि नरमाइलो लाग्ने रहेछ। त्यो कुरा मैले खासै वास्ता गर्दिनथ्ये। तर अहिले मलाई महसुस भैरहेको मिया बताउछन।ू श्रीमतिलाई जति मीठो बोल्यो त्यति सम्बन्ध मजबुत हुने मियाको बिस्वास रहेको छ ।
त्यस्तै अर्कि सहभागी अम्बिका कार्कीको पुरुषमा हुन सक्ने हिंसा सम्बन्धी आफ्नै बुझाई छ। पुरुषहरु प्राय बाहिरकै काम गर्ने हुँदा घर आउदा श्रीमतिले पनि मीठो बोलेर श्रीमानको स्वागत गर्नु पर्ने बताउछिन। उनी भन्छिन श्रीमान आउन बित्तिकै मोबाईल चेक गर्ने, पर्स चेक गर्ने, अनावश्यक कचकच गर्नु हुदैन। श्रीमानको मुड हेरेर कुरा गर्नु पर्छ। एसो हुदा श्रीमानले पनि माया गर्ने , सम्बन्ध गाढा हुन्छ। झै झगडा हुने हुदैन। हिंसा हुने सम्भाबना कम हुन्छ।ू
भर्खरै एस ई ई दिएर बसेका अर्का किशोर सहभागी आदर्श कार्कीका अनुसार कार्यक्रमले हिंसा के हो । कसरी, कुन कुन स्थानमा हुन सक्छ भनेर सिकाएको छ। आफू पनि अरुलाई अभद्र व्यवहार नगर्ने हिंसा कसैले गर्छ भने पिडितको न्यायको लागि सधै अघि बढ्ने कार्की बताउछन।
कार्यक्रम महिला मुलधार सेवा केन्द्र (मासबेस) उदयपुरको आयोजना र महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालय र त्रीयुगा नगरपालिकाको समन्वयमा सन्चालित भएको थियो। कार्यक्रम सफलताको लागि वडा नम्बर ६ का वडा अध्यक्ष योगेन्द्र दाहालले सुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण मासबेसका सल्लाहकार ललित साह, मासबेसको अध्यक्ष तथा आसनमा महिला, भाषणमा महिला, शासनमा महिला रास्ट्रीय अभियानका सम्योजक नजबुल खान (निलम) र प्रहरी नायब निरिक्षक गङाराम राईले गर्नु भएको थियो। आगामी कार्यक्रम वडा नम्बर २ मा गरिने आयोजकले जनाएको छ।