Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बाढी पहिरो प्रभावित ४ सय १५ घरधुरिलाइ राहत वितरण

  • उपहार न्यूज
  • सोमबार, भाद्र ९ २०७६
बाढी पहिरो प्रभावित ४ सय १५ घरधुरिलाइ राहत वितरण

शंकर रिखाम मगर
मुर्कुची, भदौ ९ । उदयपुर जिल्लाको एक नगर पालिका सहित चार गाउँ पालिकामा बाढी तथा पहिरो प्रभावितहरुलाइ वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकिकृत विकास समाज उदयपुरले सहयोग समाग्री राहत वितरण गरेकोछ । २०७६ साल असार महिनाको अविरल वर्षाको कारणले क्षतिबाट विस्थापित भएका घर धुरिहरुलाइ खाध्य समाग्री लगाएत लत्ता कपडा र प्लास्टिक सामाग्रीका वाल्टिन, जर्किन, जकहरु सहयोग गरिएको थियो । उक्त सहयोग सामाग्रीहरु रौतामाइ गाउँ पालिका, कटारी नगर पालिका, उदयपुरगढि गाउँ पालिका, ताप्ली गाउँ पालिका र लिमचुङ्गवुङ्ग गाउँ पालिका गरि चारओटा गाउँ पालिका र एक नगर पालिका गरि पाँच ओटा पालिकाहरुमा राहत सामाग्रीहरु वितरण गरिएकोथियो ।

 रौतामाइ गाउँ पालिकामा १ सय ९९ घरधुरी, लिमचुङ्गवुङ्ग गाउँ पालिकामा ४० घरधुरी, ताप्ली गाउँ पालिकामा ९२ घरधुरी, उदयपुरगढी गाउँ पालिकामा ६७ घरधुरी र कटारी नगरपालिकामा ६८ घरधुरी गरि जम्मा ४ सय १५ घरधुरिहरुलाइ राहत सहयोग सामाग्री वितरण सम्पन्न गरिएकोछ । खाध्यन्न तर्फ १ सय ९९ घरधुरिलाइ, वाल्टिन तथा जग र जर्किन २ सय ३० घरधुरीलाई, विद्यार्थी वालवालिकाहरुको लागि ४ सय २४, स्तन पान गराउने महिला तथा सुत्केरी महिलाहरुको लागि १ सय ६२ र १८ वर्ष मुनिका वाल वालिकाहरुतर्फ २ सय ४८ राहत सहयोग सामाग्री वितरण गरिएको हो ।


उक्त सामाग्रीहरु पालिका तथा वडाका जन प्रतिनिधि तथा विपत व्यवस्थापन समिती र सहयोगी सस्थाको रोहवरमा वितरण गरिएकोथियो । रौतामाइ गाउँ पालिका अध्यक्ष गजेन्द्र वहादुर खड्काका अनुसार जिल्लाको रौतामाइमा जति विस्थापित घरधुरी तथा पुर्वाधारका संरचनाहरु अन्य पालिकाहरुमा त्यति क्षति भएको छैन । साथै सहयोगको लागि सम्पुर्ण सहयोगी निकायहरुमा पनि पहल गरेको वताउदै,उदयपुरको पहाडी क्षेत्रमा पर्ने अझै विस्तापित घरधुरि तथा अन्य पुर्वाधार तर्फको डाटा आउने सम्भावना रहेको वताए ।

Last updated:2019 Aug 26 Monday 12:02:34

प्रतिक्रिया
सम्बन्धित समाचार