Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगरपालिका ८ मा सार्वजनिक सुनुवाई

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ २१ २०८०
त्रियुगा नगरपालिका ८ मा सार्वजनिक सुनुवाई

उपहार न्यूज
उदयपुर जेठ २१
त्रियुगा नगरपालिका वडा नम्बर ८ ले आर्थिक बर्ष २०७९/०८० को हाल सम्मको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताको लागि वडाले चालु आर्थिक बर्षमा संचालित कार्यक्रमहरुको बिषयमा नागरिकलाई जानकारी दिने तथा तेस्रो पक्ष अनुगमनबाट प्राप्त पृष्ठपोषण लिनको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।
राष्ट्र र समाजको लागि योजना र कार्य पानस उदयपुरले सहजीकरण गरेको उक्त कार्यक्रममा पानस उदयपुरले सार्वजनिक सुनुवाई कार्यविधि २०६७ बमोजिम रहेको प्रश्नावलीमा आधारित वहिर्गमन अभिमत तथा नागरिक प्रतिवेदन पत्रको आधारमा संकलित प्रतिवेदन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा पानस उदयपुरको तर्फबाट किरण प्रसाद ढुंगानाले प्रतिवेदन तथा वडा सचिव हिमाल दनुवारले वडाले हाल सम्म संचालित चालु आर्थिक बर्षका सम्पन्न कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्थानिय नागरिकहरुले चालु आर्थिक बर्षका कार्यक्रमको प्रभावकारीता र आगामी आर्थिक बर्ष तथा वडाका विभिन्न क्षेत्रको विकासको लागि आफ्ना सुझाव तथा जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासा तथा सुझाब माथि वडाअध्यक्ष राजकुमार राउतले स्थानिय नागरिकहरुको मागलाई आफु पुरा गर्नका लागि प्रतिवद्ध हुने तथा प्राप्त सुझाबलाई अनुसरन गर्ने बताउनु भएको थियो । कार्यक्रम पानस उदयपुरका अध्यक्ष विश्वराज तामाङले संचालन तथा सहजीकरण गर्नु भएको थियो ।

Last updated:2023 Jun 04 Sunday 15:07:00

प्रतिक्रिया
सम्बन्धित समाचार