Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लैगिंक हिंसा बिरुद्ध वगाहमा सचेतना कार्यक्रम

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ १९ २०८०
लैगिंक हिंसा बिरुद्ध वगाहमा सचेतना कार्यक्रम

किरण ढुंगाना
उदयपुर जेठ १९
त्रियुगा नगरपालिका वडा नम्बर ४ मा लैगिंक हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालय को सहयोग र त्रियुगा नगरपालिकाको समन्वयमा मुलधार महिला सेवा केन्द्र ९ मासवेस० उदयपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
आशनमा महिला, शासनमा महिला र भाषण्मा महिला पुस्तान्तरण हस्ताणतरण समावेशी सहितको परिर्वतनको लागि सचेतना कार्यक्रम आयोजना गरिएको आयोजक मासवेस उदयपुरका अध्यक्ष आभास राष्ट्रिय संयोजक नजबुल खानले बताउनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिका ४ वगाहका करिब ३५ जना स्थानिय महिला तथा बालिकाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण आभास राष्ट्रिय संयोजक नजबुल खान, सामाजिक अभियान्त ललित साह र जिल्ला प्रहरी कार्यालय उदयपुरका गंगाराम राईले गर्नु भएको थियो ।

 

Last updated:2023 Jun 02 Friday 15:04:54

प्रतिक्रिया
सम्बन्धित समाचार