Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रेडियो उदयपुर १५ औ बर्षमा, युवा महिला सम्मेलनबाट ८ वुदे घोषणापत्र जारी

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ १६ २०८०
रेडियो उदयपुर १५ औ बर्षमा, युवा महिला सम्मेलनबाट ८ वुदे घोषणापत्र जारी

उपहार न्यूज
उदयपुर जेठ १६
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरबाट संचालित सामुदायीक रेडियो उदयपुरले आफ्नो १५ औ बर्ष पुरा गरेको अबसरमा बार्षिक उत्सव मनाएको छ । १५ बर्ष अघि उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासबाट महिलाहरुबाट संचालन सुरु भएको रेडियोले आफ्नो प्रशारणको १५ औ बर्ष पुरा गरेको हो ।
नेपाल महिलाहरुबाट संचालित तेस्रो रेडियोको रुपमा स्थापित रेडियो उदयपुरले त्रियुगा नगरपालिका ९ राजाबास ओरेकमा विशेष कार्यक्रम सहित बार्षिक उत्सव मनाएको हो ।
जेठ १४ गते देखि सुरु भएको युवा महिला भेलाको अन्तिम दिन समेत रहेको बार्षिक उत्सवको उद्घाटन प्रदेश उपसभामुख सृजना दनुवारले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य गीता रेग्मी, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई लगायत विशिष्ट व्याक्तिहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
महिलाहरुबाट मात्रै संचालन रहेको उदयपुरकै पहिलो तथा जिल्लाको दोस्रो सामुदायीक रेडियोको रुपमा रहेको उदयपुर एफ.एम स्थापना संगै स्थानिय ग्रामीण युवा महिलाहरुको क्षमता विकासमा महत्वपूर्ण योग्दान पु¥याएको रेडियोका स्टेशन म्यानेजर तथा महिला शसक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्य गीता रेग्मी, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, ओरकका सचिव सविता पोख्रेल, गैसस महासंघ अध्यक्ष सिर्जना पौडेल, नेपाल पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङले रेडियो उदयपुरको हाल सम्मको अबस्था र संचारबाट महिलाहरुमा भएको क्षमता तथा शसक्तिकरणमा रेडियोले खेलेको भुमिकाको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा जेठ १४ गते देखि उदयपुर जिल्लाको आठ वटै स्थानिय तहबाट सहभागी युवा महिला भेलाका सहभागीहरुले ८ बुदे घोषणापत्र समेत जारी गरेका छन् । ८ पालिकाका १३० युवा महिलाको उक्त भेलाले युवा महिलाहरुको क्षमता विकासमा स्थानिय तहले महत्वका साथ लिनु पर्ने लगायतका माग सहित ८ बुदे घोषणा पत्र जारी गरी गरेका थिए ।

Last updated:2023 May 30 Tuesday 13:59:47

प्रतिक्रिया
सम्बन्धित समाचार